९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

सत्ता र प्रतिपक्ष एक ठाउँमा हुनुपर्छ: मुख्यमन्त्री


जनमञ्च संवाददाता
  • १३ माघ २०७८ , बिहिबार

  • सत्ता र प्रतिपक्ष एक ठाउँमा हुनुपर्छ: मुख्यमन्त्री
    गण्डकी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित सदस्यहरु प्रमाणपत्र लिँदै । तस्वीरः जनमञ्च

    पोखरा, १३ माघ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेशको समृद्धिका लागि सत्ता पक्ष र प्रतिपक्ष दल एकै ठाउँमा रहनुपर्ने बताएका छन् ।

    राष्ट्रियसभा सदस्य निर्वाचन २०७८ मा गण्डकी प्रदेशबाट निर्वाचित सदस्यहरुलाई प्रदेश निर्वाचन कार्यालय पोखराले बिहीबार आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले गण्डकीलाई अन्य प्रदेश भन्दा अब्बल बनाउन राजनीतिक दल र नेतृत्वका बीचमा व्यक्तिगत र व्यवहारमा मिठासपूर्ण सम्बन्ध आवश्यक रहेको बताएका हुन् ।

    ‘लोकतान्त्रिक मूल्य र मान्यतालाई कार्यरुप बनाउँदै नेतृत्वका बीचमा व्यक्तिगत व्यवहार ठिक हुन सके राम्रो सन्देश जान्छ,’ मुख्यमन्त्री पोखरेल भने, ‘निर्वाचित सदस्यहरुले संविधानको व्यवस्था अनुसार ६ वर्षको कार्यकालमा देश, सरकार र जनताको हितमा काम गर्नुहोस् ।’

    मुख्यमन्त्री पोखरेलले नवनिर्वाचित राष्ट्रियसभा सदस्य गण्डकी प्रदेशलाई अब्बल बनाउने अभिारा पूरा गर्न आग्रहसमेत गरे । कार्यक्रममा नेकपा एमालेका प्रदेश अध्यक्ष नवराज शर्मा, नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ र प्रदेश निर्वाचन कार्यालय प्रमुख हुमनाथ पराजुलीले निर्वाचित सदस्यहरुले देश, जनता र राष्ट्रको हितलाई सोचेर काम गर्न आग्रह गरे ।

    राष्ट्रिय सभाको बुधबार सकिएको निर्वाचनमा गण्डकी प्रदेशमा महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त, अन्य समूहमा माओवादी केन्द्रका सुरेशकुमार आलेमगर र दलितर्फ माओवादीका भुवनबहादुर सुनार विजयी भएका थिए ।

    विजयी तीनै जना उम्मेदवारहरुलाई मुख्यमन्त्री पोखरेल र निर्वाचन अधिकृत जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले प्रमाणपत्र वितरण तथा माला र खादा लगाएर सम्मान गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend