११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026
एपिएफका ४ खेलाडीले फाइनल खेल गुमाउने

आहा ! रारा गोल्डकप: मनाङ र एपिएफ फाइनलमा भिड्दै


जनमञ्च संवाददाता
  • १४ माघ २०७८ , शुक्रबार

  • आहा ! रारा गोल्डकप: मनाङ र एपिएफ फाइनलमा भिड्दै

    पोखरा, १४ माघ – सहारा क्लब पोखराको आयोजना जारी २० औं आहारारा गोल्डकपको फाइनलमा सर्वाधिक च्याम्पियन मनाङ मस्र्याङदी क्लब र च्याम्पियन विहिन एपिएफ भिड्दैछन् ।

    पोखरा रंगशाला फुटबल मैदानमा हुने खेलमा एपिएफले मनाङको च्याम्पियनलाई रोक्दै पहिलो पटक च्याम्पियन बन्न चाहान्छ । उता मनाङ भने च्याम्पियनलाई निरन्तरता दिदैँ ७ औं पटकको विजेता बन्न चाहान्छ ।

    सहारा क्लब पोखराले महामारीको समयमा समेत प्रतियोगिताको आयोजना गरेको देखेर एपिएफले कुनैपनि हालतमा जित्ने लक्ष्य लिएको छ । एपिएफका कप्तान कुमार थापाले उपाधी जित्ने दाउमा आफूहरु रहेको बताउँछन् ।

    शुक्रबार फुटबल मैदानमा भएको प्रिम्याच कन्फिरेन्समा बोल्दै थापाले सफलता हासिल गर्ने बताए । ‘जसरी पोखरामा सहारा क्लबले महामारीकाबीचमा प्रतियोगिताको तयारी गर्नुभयो । त्यहि अनुरुप नै हामीले पनि तयारी गरिरहेका छौँ’ उनले भने,‘सहाराको दुःखलाई हामीले हेरेर न्यायसंगत तरिकाले नै प्रस्तुत हुँदैछौँ ।’

    उनले जारी प्रतियोगितामा ३ खेलको अनुभव लिइसकेका कारण जितका लागि सक्षम रहेको बताए । मनाङ मस्र्याङदी बलियो टिम भएकाले सोहि अनुसार खेल्ने उनको भनाइ रहेको छ ।

    एपिएफका कप्तान नविन लामाले खेल लागि निकै प्रतिस्पर्धात्मक हुने प्रतिक्रिया दिए । उनले १४ वर्षपछि फाइनलमा पुगेको कारण उपाधी जितेरै जाने बताए । आफ्नो सानो देखिको सफना आहाराराको उपाधी जित्ने रहेको सुनाउँदै मनाङको च्याम्पियन यात्राको विट मार्ने बताए ।

    उता, मनाङका प्रशिक्षक फुजा तोपेले फाइनल पुग्नु खुसीको कुरा भएको बताए । ‘हामी फाइनल प्रवेश गरेका छौँ आशा छ हामीले पुनः उपाधी जित्नेछौँ’ उनले भने,‘ एपिएफसंग हामी उपाधीका लागि भिड्ने छौँ । एपिएफले आश्चर्य तरिकाले खेलमा दिन प्रतिदिन सुधार गरिरहेको छ धेरैभन्दा धेरै । उसले हरेक अवस्थालाई धकेलेरै अघि बढिरहेको छ ।’ एपिएफसंगको रणनीति खेलमा नै थाहा हुने उनले बताए ।

    तर, तर एपिएफलाई भने त्यति सजिलो छैन् । एपिएफको सेट टिमका ४ खेलाडीले दोहोरो पहेँलो कार्ड पाएकाले फाइनल खेलबाट बञ्चित हुन पुगेका छन् । प्रतियोगिताको नियम अनुसार कुनैपनि खेलाडीले फरक फरक खेलमा २ पटक पहेँलो कार्ड पाएमा १ खेलमा प्रतिबन्ध लगाइने छ । सोहि नियम अनुसार एपिएफका ४ खेलाडी प्रतिबन्धनमा परेका हुन् ।

    उता, कुमार थापाले भने आयोजकले आफुहरुलाई कुनै पत्र नदिएको बताए । उनले कुन कुन खेलाडी प्रतिबन्धनमा परे भनेर आफुहरुलाई कुनै आधिकारीक पत्र नआएको बताए । डिफेन्डर अदमा डोम्बियाले मिनेसोटा विरुद्धको खेलको ५० औं मिनेट र मछिन्द्र विरुद्धको खेलको ११ औं मिनेटमा पहेँलो कार्ड पाएका थिए ।

    अर्का डिफेन्डर सविन थापाले सहारा क्लबसंगको खेलको १८ औं मिनेट र मछिन्द्रविरुद्धको खेलको २३ औं मिनेटमा पहेँलो कार्ड पाएका थिए । मिडफिल्डर प्रदिप लामाले सहारा विरुद्धको खेलको पहिलो हाफको इन्जुरी समय र मछिन्द्र विरुद्धको तेस्रो मिनेटमा पहेँलो कार्ड पाएका थिए ।

    अर्का मिड फिल्डर आवाष लामिछानेले अमेरीकी क्लब विरुद्धको खेलको ७२ औं मिनेट र मछिन्द्र विरुद्धको खेलको पहिलो हाफमो इन्जुरी समयमा पहेँलो कार्ड पाएका थिए । जुन एपिएफका लागि ठुलो समस्या हो । दोहोरो पहेँलो कार्ड पाएकाले नै उनीहरु खेल्न नपाउँने खेल आयुक्त गोकुल थापाले जानकारी दिए । उ

    नले कुनै पनि खेलाडी प्रतियोगिताको फरक फरक खेलमा पहेँलो कार्ड खाएको अवस्थामा दुई पटक पुगेमा एक खेलमा प्रतिबन्ध हुने जानकारी दिए । तर आयोजकले भने गम्भिर त्रुटि गरेको छ । एपिएफलाई पत्रचार गर्दा २०७७ साल भनि पत्रचार गरेको देखिएको छ । प्रशिक्षक थापाले ढिला गरी पाएको पत्रमा अघिल्लो वर्षको मिति रहेको जानकारी दिए ।

    कप्तान विमल रानाले भने आफुहरुलाई फाइनल भएपनि कुनै दबाब नरहेको प्रतिक्रिया दिए । टिममा उत्तार चढाव आएको उनले बताए । ‘ टिमका ४ खेलाडी राष्ट्रिय टोलीमा परेका छन् त्यसैलेपनि टिम सेट हुन समय लागिरहेको छ । अन्यथा हाम्रो टिम बलियो छ ।’
    मनाङले त्रिभुवन आर्मी क्लबलाई सेमिफाइनलमा पेनाल्टी सुटआउटमा ४–३ र एपिएफले मछिन्द्रलाई ३–१ गोल अन्तरले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend