१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

आजको मौसम : चिसोबाट बच्न २४ घण्टे चेतावनी


जनमञ्च संवाददाता
  • १६ माघ २०७८ , आइतबार

  • आजको मौसम : चिसोबाट बच्न २४ घण्टे चेतावनी

    काठमाडौं, १६ माघ – नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी नै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (आइतबार बिहान) पहाडी भेगमा मौसम आंशिक  बदली (थोरै आकाशमा बादल) रही तराईमा हुस्सु/कुहिरो लागेको छ।

    महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो (भन्नाले बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्म) प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली (धेरैजसो आकाशमा बादल) रही बाँकी स्थानमा आंशिक बदली रहनेछ।

    यस्तै राति (भन्नाले साँझ ६ बजेदेखि भोलि सोमबार बिहान ६ बजेसम्मको अवधि) प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा देशको उच्च पहाडी भेगका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।

    महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा भनिएको छ : प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र देशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend