९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमालेको माग सम्बोधन नभएसम्म कुनै एजेण्डामा सहभागी हुँदैनौं: महासचिव पोखरेल


जनमञ्च संवाददाता
  • १८ माघ २०७८ , मंगलबार

  • एमालेको माग सम्बोधन नभएसम्म कुनै एजेण्डामा सहभागी हुँदैनौं: महासचिव पोखरेल

    काठमाडौं, १८ माघ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा अवरोधको विषयमा एमालेका मागको सम्बोधन नभएसम्म अन्य एजेण्डामा सहभागी नहुने प्रष्ट पारेका छन् । सत्ता गठबन्धन भत्काएर एमाले एमसीसी पारित गर्न तयार रहेको भन्ने चर्चा चलिरहेका बेला महासचिव पोखरेलले त्यसको खण्डन गरेका हुन् । महासचिव पोखरेलले भ्रम नछर्न आग्रह समेत गरेका छन् ।

    एमालेले १४ सांसदलाई पार्टीले गरेको कारवाहीमाथि सभामुखले कुनै प्रक्रिया नचलाई एमाले विभाजनमा मतियार बनेको भन्दै गैरसांसदलाई हटाउन वा सभामुखले राजीनामा दिनु पर्ने माग गर्दै संसद अवरोध गरिरहेको छ ।

    यसबीचमा प्रधानमन्त्री शेरवहादुर देउवाको प्रतिनिधिका रुपमा सन्चामन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए । सो भेटमा पनि यहि विषय एमालेको तर्फबाट राखिएको ओलीको सचिवालयले जनाएको छ । गठबन्धन छाडे एमालेले एमसीसी पारित गर्ने भनेर कांग्रेसलाई कतै नभनेको समेत सचिवायले प्रष्ट पारेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend