९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

आजदेखि चल्न थाल्यो चीन-लाओस जोड्ने रेल


जनमञ्च संवाददाता
  • १७ मंसिर २०७८ , शुक्रबार

  • आजदेखि चल्न थाल्यो चीन-लाओस जोड्ने रेल

    दक्षिण-पूर्वी एसियाको भुपरिवेष्ठित मुलुक लाओस चीनसँग रेलमार्गले जोडिएको छ।

    शुक्रबार चिनियाँ राष्ट्रपति सी चिनफिङ उनका लाओसका समकक्षी थोङलोउन सिसोलिथले भर्चुअल माध्यमबाट रेलमार्ग सञ्चालनको उद्घाटन गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ।

    शुक्रबार दिउँसो चिनियाँ प्रान्त युनानको राजधानी कुनमिङबाट एउटा रेल लाओसको राजधानीका लागि छुटेको छ।

    सिसिटिभीका अनुसार यो रेलमार्ग १०२४ किलोमिटर लामो  छ।

    चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्सअन्तर्ग बनेको उक्त रेलमार्गमा  ५.९ अर्ब अमेरिकी डलर खर्च भएको छ।

    सन् २०१६ मा निर्माण थालिएको उक्त रेलमार्गले चिनियाँ प्रान्त युनान राजधानी कुनमिङ सहर र लाओसको राजधानी भेन्टियानलाई जोड्ने छ।

    उक्त रेलमार्गमा १६७ वटा सुरूङ बनाइएको छ।  चीन र लाओसको सीमा क्षेत्रमा पनि सुरूङ बनाइएको छ। सुरूङभित्र दुई देशको सीमा छुट्याउन भित्तामा उनीहरूको झन्डा राखिएको छ।

    लाओस भुपरिवेष्ठित मुलुक हो। चीन जोड्ने रेलमार्ग बनेसँगै त्यहाँको पर्यटन  र व्यापारलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।एजेन्सी

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend