१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

यो बर्ष ५ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य


जनमञ्च संवाददाता
  • २२ माघ २०७८ , शनिबार

  • यो बर्ष ५ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य

    काठमाडौं, २२ माघ – कारोना महामारीको प्रभाव अन्त्यसँगै याे वर्ष ५ लाख पर्यटक भित्र्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सरकारकातर्फबाट पूर्ण सहयोग रहने बताएका छन्।

    सन् २०२१ मा नेपालमा ३२ वर्षयताकै सबैभन्दा कम १ लाख हाराहारी मात्र पर्यटक आएका थिए। सरकारले २०२२ मा ५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यसका लागि राष्ट्रिय स्तरको समिति गठन गरिएको छ।

    मन्त्रालयमा शुक्रबार बेलुका बसेकाे पर्यटन पुनरुत्थान समितिकाे पहिलो बैठकले सन् २०२२ मा ५ लाख र २०२३ मा यो संख्यालाई दोब्बर गर्ने लक्ष्य सार्वजनिक गरेको हो।

    कार्यक्रममा मन्त्री आलेले कोरोनाका कारण थला परेको पर्यटन क्षेत्र  उकास्न सरकारले प्राथमिकता दिने बताए।

    उनले भने, ‘कोरोनाले हाम्रो पर्यटन क्षेत्र पूर्ण रूपमा धराशायी बनेको छ, पर्यटन प्रवर्द्धन तथा विकासका लागि के गर्नुपर्छ सरकार तयार छ।’

    कोरोनाका कारण थला परेका पर्यटन उद्योग लयमा फर्काउन माघ २ गते उक्त समिति विधिवत् रूपमा गठन भएको थियो।

    शुक्रबार बेलुका पहिलोपटक समतिकाे बैठक बसेकाे हाे।

    नेपालका पर्यटन क्षेत्रलाई नयाँ स्वरुपमा प्रस्तुत गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा पुनःस्थापित गराउने उद्देश्य रहेको समितिका संयोजक राजाराम गिरीले बताए।

    उनले भने, ‘कोभिडबाट धराशायी बनेको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि हामी एक महिनाभित्र बृहत् पर्यटन अन्तरक्रिया कार्यक्रमको तयारी गर्दै छौं, कमिटीका सदस्यबाट आएका सुझावहरू संकलन गरी विस्तृत रिपोर्ट तयार गर्ने छौं।’

    छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले कोभिड महामारीका कारण थिलथिलो भएको पर्यटन क्षेत्रलाई सरकारले राहत उपलब्ध गराउनुपर्ने बताए।

    नेपाल टुर एन्ड ट्राभल एसोसिएसन (नाट्टा) का अध्यक्ष अच्युत गुरागाईंले नेपालको पर्यटन ऐन तीन दशक पुरानो भएकाले त्यसलाई समयानुकूल बदल्नुपर्ने बताए।

    होटल संघ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले सीमानाकाबाट आउने पर्यटकलाई हवाईमार्गबाट आउने पर्यटकसरह सम्मान दिलाउनुपर्ने बताइन्।

    यसैगरी उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले अहिलेको कोरानाका कारण पर्यटन व्यवासायीको मनोबल वृद्धि गरिनुपर्ने बताउँदै पर्यटकलाई राज्यका निकायबाटै समान व्यवहार गरिनुपर्ने धारणा राखिन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend