८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

अम्बानीलाई पछि पार्दै एसियाका सर्वाधिक धनी व्यक्ति को हुन् ?


जनमञ्च संवाददाता
  • २६ माघ २०७८ , बुधबार

  • अम्बानीलाई पछि पार्दै एसियाका सर्वाधिक धनी व्यक्ति को हुन् ?

    नयाँ दिल्ली – भारतमा कोइला टाइकुन गौतम अदानीले पहिलोपटक मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै सर्वाधिक धनी व्यक्तिको नाम कमाएका छन् । यसमा हरित ऊर्जाले उनको सम्पति बढाएर ९०.४ अर्ब डलर पुर्याएको बताइएको छ ।

    फोब्र्सका अनुसार मुकेशलाई पछि पार्दै अदानी अहिले विश्वका सर्वाधिक धनीहरुको सूचीमा शीर्ष दशमा पुगेका हुन् । गत वर्ष उनको व्यक्तिगत सम्पति १२ अर्ब डलरले वृद्धि भएको छ । यति मात्र नभएर उनी फेसबुकका संस्थापक मार्क जुकरबर्ग भन्दा अगाडि आउन पनि सफल भएका हुन् । जुकरबर्गको कम्पनी मेटाको शेयर नराम्ररी ओरालो लागेपछि उनको व्यक्तिगत सम्पति पनि ३० अर्ब डलरले घटेको थियो ।

    अदानी यसअघि अष्ट्रेलियाको कोइला उत्खनन् परियोजनालाई लिएर विवादमा आइरहेका थिए । तर आफ्नो बाटो बदल्दै उनले हरित ऊर्जामा लगानी बढाएका हुन् ।

    उनको अदानी ग्रुपले उनको गृहजिल्लामा रहेको भारतको सबैभन्दा ठूलो बन्दरगाह, मुन्द्रालाई पनि सञ्चालन गर्दै आएको छ । त्यस्तै मुम्बइ अन्तर्राष्ट्रिय विमानस्थलको ७४ प्रतिशत हिस्सा पनि अदानीकै स्वामित्वमा रहेको छ ।

    तर गतवर्ष उनले हरित ऊर्जातर्फ केन्द्रित रहँदै अदानी ग्रिन एनर्जी स्थापित गरेका हुन् जुन हाल उनको सबैभन्दा मूल्यवान् कम्पनी बनेको छ । यसको शेयर पछिल्लो एक वर्षमा दुई गुणाले बढेको छ ।

    अदानी समूहले हरित ऊर्जामा ७० अर्ब डलर खर्च गर्ने तयारी गरिरहेको छ जसले यसलाई विश्वकै सबैभन्दा ठूलो नवीकरण ऊर्जाा उत्पादक बनाउनेछ ।

    अदानी वास्तवमा भारतको कार्बन उत्सर्जन कम गराउने प्रधानमन्त्री मोदीको लक्ष्यबाट प्रेरित भएका थिए । ग्लासगोको जलवायु सम्मेलनमा भारतले २०३० सम्ममा जिवास्म रहितको ५०० गिगावाट इन्धन क्षमता सिर्जना गर्ने र ५० प्रतिशत विजुली नवीकरण ऊर्जाबाट प्राप्त गर्ने संकल्प गरेको थियो ।

    यस्तोमा अधिक उत्तम समयमा हरित ऊर्जा उद्योगमा प्रवेश गरेकाले पनि अदानी ग्रुप द्रुत गतिमा अगाडि बढिरहेको बताइएको छ । तर हरित ऊर्जामा ठूलो लगानीको योजना भएपनि अदानी ग्रुप अष्ट्रेलियाको कोइला खानी सम्बन्धी परियोजनाबाट पछि हटेको छैन । सो परियोजना विरुद्ध जिवास्म विरोधी अभियन्तादेखि वातावरण संरक्षणवादी र आदिवासी सम्मले आवाज उठाइरहेका छन् ।
    द गार्जियन 

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend