जनयुद्ध कसैका लागि आतङ्क भयो
कसैका लागि मुक्ति युद्ध भयो
कसैका लागि रिस उठेकालाई ठिक पार्ने अस्त्र भयो
कसैका लागि सम्पत्ती कमाउने उत्तम सुअवसर भयो।
तर,
आज छब्बिसौं वसन्त पार गरि
सत्ताईसौ वर्ष प्रवेश गर्दा
जनयुद्ध रोकिएको पनि पन्ध्रौं वर्ष पुग्दा
घाईतेको अवस्था दर्दनाक छ
बेपत्ताको परिवार बिचल्लीमा छ
युद्धको भुमरीमा लामवद्ध युवाहरु खाडीमा छन् ।
केही नेताहरु,
जनताले कपडा दिएर लगाउने नेता आज
अत्तर लगाएर कालो सिसामा सरर हिड्ने भए
कन्तरामा चार रोपनी जमिन भएका नेता आज
मार्वल र सिसैसिसा लगाएको महलमा बस्ने भए ।
साच्चै जनयुद्धले,
केही मानिसको फेरियो जीवन शैली
खाली र रित्तै छ अझै गरिवको थैली
व्युझिए फेरि शोषक सामन्त र जालीहरु
सफा हुन सकेन संसदीय नालीहरु ।
धिक्कार छ,
धन्न धन्न कालको मुख बाट बाचेर आयौं
आज हामी केहि नजानेका नबुझेका भयौं
खान नपाएर जनयुद्धमा लागेका भयौं
जनयुद्धमा लडेको मानिस आज तिरस्कृत भयौं।
२०७८-११-०१