२५ भाद्र २०८३ , बिहिबार

२५ भाद्र २०८३ , बिहिबार
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026
प्रणय दिवस विशेष

प्रेमका चार चोइटा


शिव अधिकारी
  • २ फाल्गुन २०७८ , सोमबार

  • प्रेमका चार चोइटा

    १.
    दिन थियो, जवानी थियो
    प्रेमको अलग्गै कहानी थियो
    प्रेमपत्रको जमानामा
    सुन्दर–सुन्दर बिहानी थियो ।

    २.
    न्यानो साथ आस छ
    वर्षौँदेखिको प्यास छ
    समय छोट्टिँदै छ
    पहिलो रात असाध्यै खास छ ।

    ३.
    मिठा–मिठा बात हुन्छ
    अनेक रात हुन्छ
    अँगालोमा बेरिँदा बेरिँदै
    निर्वस्त्र प्रभात हुन्छ ।

    ४.
    प्रेयसीको दबाब छ
    पश्चिमाको प्रभाव छ
    देश मात्तिँदै होला
    आज प्रेमको चुनाव छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend