बागलुङ, ४ फागुन – प्रगति वहुउदेश्यीय सहकारी संस्था बागलुङले आफ्ना शेयर सदस्यका परिवारलाई मृतक राहत सहयोग प्रदान गरेको छ ।
शेयर सदस्य काठेखोला-२ भीमापोखराका हर्क वहादुर थापाको असामयिक रुपमा भएको निधनपछि उनको परिवारलाई मृतक राहत रकम हस्त्तान्तरण गरिएको अध्यक्ष कृष्ण प्रसाद पौडेल कुमारले वताए ।
संस्थाको तर्फबाट नगद २० हजार रुपैयाँ र समवेदना पत्र परिवारलाई मंगलवार हस्त्तान्तरण गरिएको हो ।
संस्थाका अध्यक्ष पौडेल, उपाध्यक्ष तोयानाथ गौतम, कोषाध्यक्ष तुलसीनाथ गौतम, सञ्चालक सदस्य नारायणदत्त रेग्मी, सल्लाहकार भीमप्रसाद गौतम र शेयर सदस्य ऋषिराम शर्मा मृतक थापाको घरमै पुगेर नगद सहयोग सहित समवेदना ब्यक्त गरेको कोषाध्यक्ष गौतमले वताए ।
शेयर सदस्य थापाको गत माघ २७ गते निधन भएको थियो ।