१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

कांग्रेस गण्डकीको कोषाध्यक्षमा बागलुङका श्रेष्ठ मनोनित


जनमञ्च संवाददाता
  • ४ फाल्गुन २०७८ , बुधबार

  • कांग्रेस गण्डकीको कोषाध्यक्षमा बागलुङका श्रेष्ठ मनोनित

    बागलुङ, ४ फागुन – नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको कोषाध्यक्षमा बागलुङका बसन्तकुमार श्रेष्ठ मनोनित भएकाछन् । गण्डकी प्रदेश समितिको मंगलबार (हिजो)को बैठकले उनलाई कोषाध्यक्षमा चयन गरेको हो ।

    कांग्रेसको विधानमा निर्वाचित सदस्यबाट कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार सभापति शुक्रराज शर्माले श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गर्ने प्रस्ताव गरेपछि उनी सर्वसम्मत कोषाध्यक्ष बनेका हुन् ।

    बागलुङ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि भएका श्रेष्ठ विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन । वाककलाका धनी श्रेष्ठ अन्य सामाजिक संघ/संस्थामा पनि सक्रिय छन् । उनी गएको स्थानीय तहको निर्वाचनमा बागलुङ नगर पालिकाको प्रमुख (मेयर)को प्रत्यासी थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend