९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

एमसीसी राष्ट्र हितमा छ : कांग्रेस नेता बराल


जनमञ्च संवाददाता
  • ६ फाल्गुन २०७८ , शुक्रबार

  • एमसीसी राष्ट्र हितमा छ : कांग्रेस नेता बराल

    पोखरा, ६ फागुन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले अमेरिकी सहयोग कार्यक्रम (एमसीसी) र चिनियाँ सडक कार्यक्रम (बीआरआई) जस्ता वैदेशिक सहयोग राष्ट्र हितमा रहेको जिकिर गरेका छन् ।

    एमसीसी परियोजना लागू नभए अबको ५ वर्षपछि नेपालमा उत्पादित विद्युत खोलामा फाल्नुपर्ने अवस्था आउने उनले ठोकुवा पनि गरे । नेपाली कांग्रेस पोखरा ६ ले अयोजना गरेको ४ नम्बर टोल कार्यसमिति गठनसहित जेष्ठ नागरिक सम्मान कार्यक्रमको उद्घाटनमा उनले अरुण तेस्रो आयोजना फिर्ता पठाउँदाको नेपालीले १० वर्ष लोडसेडिङ मार खेपेर अँध्यारोमा बस्नु परेको पुरानो कुरा पनि सम्झाए ।

    उनले वैदेशिक सहयोगलाई अनर्गल रुपले प्रचार नगर्न वामपन्थी दलहरुलाई आग्रह पनि गरे । टोल समितिको दोश्रो अधिवेशनबाट गुरुदत्त कोइराला(रामजी) लाई सर्वसम्मत सभापतिमा चयन भएका हुन् ।

    टोलको उपसभापतिमा झलक सुवेदी, सचिवमा लेखनाथ भुसाल,कोषाध्यक्षमा दीपक भट्टराई र सहसचिवमा विष्णु गिरी चयन भएका छन् । बाँकी सदस्य समितिले नै मनोनित गर्नेगरी समिति गठन भएको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend