पोखरा, १० फागुन – लागूऔषध मुद्दामा पक्राउ परेका र्यापर आशिष राना मगर ‘लाउरे’लाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश बाबुराम सुवेदीकाे इजलासले मंगलबार लाउरेलाई ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
उनीसँगै पक्राउ परेका अरु ३ जनालाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए ।
लागूऔषध प्रयोग तथा कारोबार गरेको आरोपमा गत पुस १४ गते साँझ प्रहरीले लाउरेसहित चार जनालाई पोखराको सिर्जना चोकबाट पक्राउ गरेको थियो ।