१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

स्थानीय सरकारः स्वास्थ्यमा फड्को मार्दै तमानखोला


जनमञ्च संवाददाता
  • १२ फाल्गुन २०७८ , बिहिबार

  • स्थानीय सरकारः स्वास्थ्यमा फड्को मार्दै तमानखोला

    बागलुङ, १२ फागुन – सदरमुकामदेखि सबैभन्दा दुर्गममा रहेको तमानखोला गाउँपालिकाले स्वास्थ्यमा फड्को मारेको छ ।

    तमानका वडा र बस्ती तहमै सुरक्षित सुत्केरी सेवा संचालनमा छ । गाउँपालिकाले सबै वडामा मात्र नभइ बस्तीमा पनि लगानी गरेर आधारभूत तहको स्वास्थ्य सेवा र प्रसुती सेवालाई विस्तार गरेको छ । वडाको स्वास्थ्य चौकीसमेत भूगोलको समस्याले टाढा भएपछि बाक्लो बस्ती भएको स्थानमै सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो । यसरी इकाई स्थापना गर्दा घरमा हुने सत्केरीको दर ह्वात्तै घटेको स्वास्थ्यकर्मीले बताए ।

    अहिले घर–घरमै सुत्केरी हुने चलन घटेर ९० प्रतिशत महिला स्वास्थ्य संस्थामा जान थालेका छन् । केही सहरी क्षेत्रमा जाने र एकादुई घरमा सुत्केरी हुने तथ्यांक छ । बोङगादोभान स्वास्थ्यचौकीसहित सबै वडामा बर्थिङ सेन्टर स्थापना भएपछि घर–घरमै सुत्केरी हुने चलन हटेको छ ।

    ‘अहिले त घरमा सुत्केरी हुनेहरु नगन्ने छन्’ खुंखानी स्वास्थ्यचौकीकी प्रमुख गरिमा हर्मेलले भनिन्, ‘एकादुईबाहेक सबै स्वास्थ्य संस्थामा आउने गरेका छन् ।’ गाउँपालिकाले सबै स्वास्थ्यचौकीलाई बर्थिङ सेन्टरका लागि चाहिने पूर्वाधार बनाएपछि यो सहजता भएको हो ।

    वडाभित्रै स्वास्थ्यचौकीभन्दा टाढाका बस्तीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । वडा नंं १ को स्याउला, वडा नंं ४ को लामेला, वडा नंं ५ को ठास्पुरी, वडा नंं ६ को भित्रिवन र पात्लेमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ ।

    कम्तिमा दुई जना स्वास्थ्यकर्मीको दरबन्दी दिएर गाउँपालिकाले स्वास्थ्य संस्थामै सुत्केरी हुने व्यवस्था मिलाएको हो । नियमित गर्भ जाँच गर्नेलाई यातायात खर्च दिएर पालिकाले सुरक्षित सुत्केरी सेवामा आर्कषण गराएको हो ।

    ‘स्वास्थ्य जाँच गर्दा जटिल हुने अवस्था देखियो भने समयमै सुरक्षित स्थानमा रिफर गरिन्छ’ सामाजिक विकास शाखाकी प्रमुख मुना बिकले भनिन्, ‘जटिलता भएर ज्यान जाने अवस्था आजकल रोकिएको छ ।’ यसअघि जटिल समस्या भएपछि हेलिकोप्टर खोजेर सहर जानुपर्ने बाध्यता थियो । लाखौं खर्च हुँदा ग्रामीण बासिन्दाले घरखेत बेच्नुपर्ने बाध्यता अहिले हटेको उनले बताइन् ।

    आफ्नै पाठ्यक्रम बनाएर पढाउन थालेको मात्र नभइ गुणस्तरीय शिक्षा समेतमा लगानी गरेर शिक्षा क्षेत्र सुधारेको छ । आधारभूत तहमा कम्प्युटर र माध्यामिक तहमा अंग्रेजी शिक्षकको व्यवस्था गरेर शिक्षाको गुणस्तर विकास थालेको शिक्षा अधिकारी पूर्णबहादुर घर्तीले बताए । नियमित तलवभत्ता दिएर राखिएका शिक्षकबाट आधारभूत तहका बालबालिकाले कम्प्युटर पढ्न पाएका छन् ।

    ‘पालिकाले हरेक विद्यालयमा ५ देखि १५ वटासम्म कम्प्युटर दिएको छ, कम्प्युटर पढाउन शिक्षकको पनि व्यवस्था गरेको छ’ घर्तीले भने, ‘पाँचबर्षे दिर्घकालिन शिक्षा योजना पनि बनाइसकेका छौं ।’ पालिकले जिल्लामै पहिलोपटक ‘मेरो तमानखोला’ पाठ्यक्रम बनाएको छ । यो पाठ्यक्रम चालु शैक्षिक शत्रमा लागू भैसकेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend