बागलुङ, १४ फागुन – शिवरात्री पर्व नजिकिदै गर्दा बागलुङको उपल्लाचौरका रहेको गौरिधाम शिव मन्दिर परिसरमा कपडा तथा फेन्सी व्यावसायी समिति बागलुङले सरसफाई गरेको छ ।
समितिका अध्यक्ष रामचन्द्र शर्माको नेतृत्वमा गौरिधाम पुगेको व्यवसायीको टोलीले महाशिवरात्रि पर्वको अवसर पारेर मन्दिर परिसरमा सरसफाई गरेको हो ।
सरसफाई पछि आयोजित कार्यक्रममा बोल्दै गौरिधाम शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसीले कपडा तथा फेन्सी व्यवसायीले बर्षेनी मन्दिर परिसर सरसफाई तथा शिवरात्रि मेलाका अवसरमा आउने भक्तजनका लागि खानेपानीको व्यवस्था गरेर महत्वपुर्ण सहयोग गरेको बताए ।

सो अवसरमा बागलुङ उद्योग बाणिज्य सघंका सदस्य नविन कुमार श्रेष्ठले ब्यवसायीहरु नाफामुखी मात्र नभई सामाजिक क्षेत्रमा पनि क्रियासिल हुनु सुखद रहेको वताए ।
समितिले यसवर्षको शिवरात्रि मेलाका अवसरमा पनि मन्दिरमा आउने भक्तजनका लागि खानेपानीको व्यवस्थापन गर्ने जनाएको छ ।
कपडा तथा फेन्सी व्याव्सायी समिति बागलुङका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष डिबी कार्कीले स्वागत मन्तव्य र सहसचिव रबिन्द्र कुमार श्रेष्ठले सञ्चालन गरेका थिए ।