९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

लागुऔषध एम्पुलसहित बागलुङमा एक जना पक्राउ


जनमञ्च संवाददाता
  • १५ फाल्गुन २०७८ , आइतबार

  • लागुऔषध एम्पुलसहित बागलुङमा एक जना पक्राउ

    बागलुङ, १५ फागुन – जिल्ला प्रहरी कार्यालय बागलुङले ८१ थान एम्पुल लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
    लागुऔषध लुकाईराखेको सूचनाको आधारमा खोजी गर्दा बागलुङ नगरपालिका–४ का अबिनाश बोहराको घरबाट लागुऔषध बरामद गरेको हो ।

    बोहराको हातमा एक थान लागुऔषध देखेपछि खोजतलास गर्दा ८१ थान एम्पुल लागुऔषध घरमा लुकाईराखेको अबस्थामा फेला परेको प्रहरी निरीक्षक बिजय भण्डारीले बताए ।

    बोहराको साथबाट २७ थान नुरफिन, २७ थान डाइजापाम र २७ थान फेनारगन बरामद भएको उनले बताए ।

    बोहरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । ‘उसँग जोडिएका धेरै हुनसक्छन्, के कसरी उसको घरसम्म आईपुग्यो भन्नेबारे खोजी भैरहेको छ’ उनले भने ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend