१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

दृष्टिविहीन अमिटको सगमाथा आरोहण गर्ने सपना


जनमञ्च संवाददाता
  • १६ फाल्गुन २०७८ , सोमबार

  • दृष्टिविहीन अमिटको सगमाथा आरोहण गर्ने सपना

    बागलुङ, १६ फागुन – बागलुङका दृष्टिविहीन अमिट केसीले आगामी चैतमा पुनः सगरमाथा आरोहण गर्ने भएका छन् । एक वर्षअघि सगमाथाको ८ हजार मिटर उचाइमा पुगेर फर्किएका केसीले यस वर्षको चैतमा पुनः सगमाथा आरोहण गर्ने भएका हुन् ।

    आइतबार बागलुङमा पत्रकार सम्मेलन गर्दै केसीले सगरमाथाको चुचुरो चुम्ने आफ्नो लक्ष कायम रहेको बताए । जैमिनी नगरपालिका-४ सर्कुवाका केसीले सगरमाथा आरोहणको सम्पूर्ण तयारी पूरा भएपनि आर्थिक अभावमा परेकोले सहयोगी मनहरुलाई सहयोग गरिदिन अपिल समेत गरेका छन् ।

    ‘अघिल्लोपटक हावाहुरीका कारण बीचमा एक दिन रोकिन नपरेको भए म चुचुरोमा पुग्थेँ, अक्सिजन लिएर ४८ खण्टा बस्नुपर्ने, थप अक्सिजन लिने पैसा थिएन्’, केसीले भने ‘यो पटक ५० हजार डलर खर्च हुन्छ, सहयोग गरिदिन म सबैसँग आग्रह गर्दछु ।’ उनले नेपालमा सगरमाथा आरोहण गर्ने पहिलो दृष्टिविहीन व्यक्ति बन्न आफू आतुर रहेको बताए ।

    केसीले लायन्स क्लब इन्टरनेश्नल सय वर्ष पुगेको अवसरमा आफूले सन् २०१७ मा क्लबको झण्डा बोकेर सगरमाथा आरोहणमा गएको तर चौथो आधार शिविरमा पुगेर अग्सिजन समाप्त भएर फर्किएको सुनाए । उनले भने,‘मैले त्यतिबेला पनि सगरमाथाको सपना त्यहीँ छोडेर शरीर लिएर फर्केको छु भनेको थिएँ । मैले त्यतिबेला पनि पूनः आउने भनेको थिएँ । अहिले सगरमाथा चढ्ने तयारी सुरु गर्दैछु ।’

    २०२१ मा उद्योग वाणिज्य संघको झण्डा बोकेर ८ हजार मिटर माथि पुगेका केसीले अक्सिजन र पैसा सकिँदा फर्किनु परेको बताए । मानसिक रुपमा तयारी अवस्थामा भएपनि आर्थिक अभावको कारणले यो अभियान संकटमा परेको उनले सुनाए । उनले यो अभियान सफल पार्नको लागि आर्थिक सहयोग गर्न आग्रह सबैमा आग्रह गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend