१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

निजामती कर्मचारी संगठन बागलुङमा थापा


जनमञ्च संवाददाता
  • १७ फाल्गुन २०७८ , मंगलबार

  • निजामती कर्मचारी संगठन बागलुङमा थापा

    बागलुङ, १७ फागुन – नेपाल निजामती कर्मचारी संगठन बागलुङको अध्यक्षमा श्याम कुमार थापा चयन भएका छन् । मंगलबार सम्पन्न ११ औ जिल्ला अधिवेसनले थापाको नेतृत्वमा १९ सदस्यीय कमिटि सर्वसम्मत चयन गरेको हो ।

    संगठनको उपाध्यक्षमा त्रिलोचन गिरी र राधिका थापा मगर, सचिवमा मनोज कार्की, सहसचिवमा मदन सुवेदी र कोषध्ययक्षमा भविलाल शर्मा चयन भएका छन् । महिला, सेवा समुह, पिछडिएको क्षेत्र लगायतका क्षेत्रबाट बाँकी सदस्य चयन भएका छन् ।

    अधिबेशनको उद्घाटन गर्दै नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा प्रतिनिधी सभाका साँसद मनकुमारी जिसी केसीले मुलुक परिवर्तनका लागि कर्मचारीहरुको भुमिका महत्वपूर्ण रहेको बताइन् ।

    निजामती कर्मचारीको भुमिकाका कारण बिभिन्न आन्दोलन सफल भएपनि कर्मचारीहरुको हक अधिकारका लागि सरकारले कुनैपनि भुमिका निर्वाह गर्न नसकेको उनको भनाई रहेको थियो ।

    कार्यक्रममा गण्डकी प्रदेशका साँसद इन्द्रलाल सापकोटा, नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसी, नेपाल निजामती कर्मचारी संगठन ११ औँ राष्ट्रिय महाधिवेसन आयोजक कमिटिका सदस्य घनश्याम सापकोटा, आयोजक कमिटिका प्रवक्ता प्रभासप्रसाद शाह, नेपाल स्वास्थ्य प्राविधीक संघका केन्द्रिय उपाध्यक्ष रामप्रसाद खनालले शुभकामना मंतव्य व्यक्त गरे ।

    त्यसैगरि नेपाल निजामती कर्मचारी संगठन ११ औँ राष्ट्रिय महाधिवेसन आयोजक कमिटिका सदस्य तेजप्रसाद निउरे, भरत भुषाल, गोपालप्रसाद सापकोटा, निजामती कर्मचारी युनियनका सचिव नारायण पौडेल, नेपाल राष्ट्रिय कर्मचारी ससंगठन निजामतीका अध्यक्ष नारायणप्रसाद सापकोटा, कार्यालय प्रमुखको तर्फबाट बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदीले बोलेका थिए ।

    उद्घाटन कार्यक्रम नेपाल निजामती कर्मचारी संगठन बागलुङका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षता, सहसचिव मनोज कार्कीको स्वागत र सचिव श्यामकुमार थापाको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend