१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026

कोरोना प्रभावित पर्यटनको पुनरुत्थान सरकारको प्राथमिकता : मन्त्री कँडेल


जनमञ्च संवाददाता
  • १८ फाल्गुन २०७८ , बुधबार

  • कोरोना प्रभावित पर्यटनको पुनरुत्थान सरकारको प्राथमिकता : मन्त्री कँडेल

    पोखरा, १८ फागुन – गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले कोरोना प्रभावित पर्यटनको पुनरुत्थान सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

    उनले कोरोना प्रभावित व्यवसायलाई राहत उपलब्ध गराउने उद्देश्यका साथ व्यवसाय जीवन रक्षा कोष, कर्मचारी पर्यटन विदा, पर्यटन मजदुर लक्षित राहत कार्यक्रम अगाडि सारिएको बताए । मन्त्री कँडेल पर्यटन व्यवसायी महिला संघ (टेवान)को चौथो वार्षिक साधारणसभामा बोल्दै थिए ।

    कार्यक्रममा बोल्दै टेवानका अध्यक्ष रेनु थापाले दीगो पर्यटनका लागि समान सहभागिता भन्ने नाराका साथ अघि बढेको संस्थाले सदस्यको क्षमता एवम् सीप अभिवृद्धिका लागि विभिन्न कार्यक्रम ल्याएको जानकारी दिइन् । उनले महिला सशक्तिकरण र उद्यमीलता संस्थाको लक्ष्य भएको बताइन् ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले आर्थिक व्यवस्थापन नहुँदासम्म व्यवसाय राम्रो हुन नसक्ने बताउँदै कोरोना प्रभावित व्यवसायीलाई सरकारको साथ र सहयोग आवश्यक हुने दोहो¥याए ।

    पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटाले कोरोना प्रभावित व्यवसायीका लागि तीनवटै सरकारले अघि सारेका राहत प्याकेज लक्षित वर्गसम्म पुग्नुपर्नेमा जोड दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend