१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

आलुले जीवन चलाउदै तमानखोलाका किसान


जनमञ्च संवाददाता
  • १८ फाल्गुन २०७८ , बुधबार

  • आलुले जीवन चलाउदै तमानखोलाका किसान

    बागलुङ, १८ फागुन– भौगोलिक रुपमा जमिन भीरालो छ । पानी अड्याउने गह्रा छैनन् । मौषम पनि चिसो छ । त्यसैले तमानखोला गाउँपालिकाको अधिकांस वडामा धान फल्दैन ।

    यहाँका किसानले आलु, गहुँ र मकै लगायतका अन्न मात्रै खेती गर्छन् । बर्षभरीनै खान र व्यवसाय गर्नका लागि भने किसानले आलु रोप्छन् । खाने मात्र नभई बेचेर घर खर्च चलाउन आलु नभई हुँदैन । त्यसैले उनीहरुले आलुलाई प्रमुख बालीको रुपमा लिएका छन् ।

    फागुन महिना भर अधिकांस किसानले आलु लगाउने गर्छन् । ‘यतिबेला बजारमा बसेका छोराछोरीपनि काम गर्न घरतिर आउँछन्’ स्थानीय ढालेन्द्र छन्तयालले भने, ‘खेतला खोजेर पनि आलु लगाउने काम गर्छौ ।’ यसरी लगाएको आलु असार साउन महिनामा खन्ने बेला हुन्छ ।

    यहाँका किसानले ५० देखि ३ सय मुरी सम्म आलु फलाउने गरेका छन् । ‘मैलेपनि १सय मुरी आलु बनाएर घर खर्च चलाएकी छ्ु’ तमानखोला २ मूठाचौरकी भीमकुमारी रसाइलीले भनिन्, ‘छोराछोरी पढाउन यही आलुले सहयोग गरेको छ ।’ उनका अधिकांस छिमेकीले २ सय मुरीसम्म फलाएको बताइन् ।

    कात्तिकदेखि फागुनसम्म औल झरेर पशुपालन गर्ने उनीहरुले फागुनको गर्मी चढेपछि पशु लिएर लेकमा चढ्दैछन् । मुठाचौरमा आलु लगाएपछि उनीहरु ढोरपाटन र बुकीसम्म पनि पुग्ने गरेका छन् । आलु लगाउनकै लागि सहरमा पढ्ने छोरी संझना र तस्मिता आएको उनले बताइन् ।

    असारमा कोदो रोप्ने र साउनमा आलु खन्ने बेला पनि मुठाचौरमा किसानहरु व्यस्त बन्छन् । सम्झना र तस्मिता आलु लगाएर सहर पसेपछि फेरी साउनमा एक डेढ महिना बस्ने गरी आउने योजनामा छन् । त्यतिबेला आलु खनेर किसानले घरमा भण्डार गर्छन् । खानका लागि केही आलु सहर पनि लैजान्छन् ।

    गाडी चल्ने बोङगादोभानसम्म बोकेरै लगेपछि बिक्री पनि हुन्छ । कहिले व्यापारीले गाउँमै आएर खरिद गर्छन् । कच्ची सडक भएकोले व्यपारीले ट्रयाक्टरमा जम्मा गरेर आलु लैजान्छन् । तमानखोलाको बोङगादोभानबाट चार घण्टा उकालो चढेपछि मुठाचौर भन्ने बस्ती पुगिन्छ । यो २ हजार ६ सय मीटरको उचाइमा छ ।

    यहाँ हरेक बर्ष हिमपात हुन्छ । हिमपातले किसानको खेतीलाई राम्रो गर्छ । केही स्थानमा कोदो र मकै पनि फल्छ । यो बर्ष भने अत्याधिक हिउँ परेकोले अझै पग्लिसकेको छैन । केही बारी त अझै सेताम्मे छन् । त्यसैले केही दिन अझै पर्खेर आलु लगाउनुपर्ने रसाइलीले बताइन् ।

    यहाँका किसानको व्यवसाय भनेकै आलु हो । गहुँ कोदो र मकै बर्षभरीको खाद्यान्न हो । आलु भने चाहिने भन्दा धेरै लगाएर बेच्ने चलन छ । ‘थोरै लगाउनेले पनि ५० मुरी आलु फलाउँछन्, बेच्नेले १ सय देखि २ सय मुरी सम्मपनि फलाउने गरेका छन्’ रसाइलीले भनिन् ‘त्यही आलु बेचेको पैसाले छोराछोरी पढाउने, घरखर्च चलाउने र चामल किनेर खाने हो ।’

    केही किसानले २ लाख रुपैया सम्मको आलु बेच्ने गर्छन् । उत्पादन राम्रो भएपनि किसानले हेरालो बसेर बाली जोगाउनु पर्छ । ढोरपाटनका बंदेल र दुम्सीले आलु बढी खाइदिने गरेको उनीहरुले बताए । ‘बदेल धेरै आउने गरेकोले बाली जोगाउन हम्मेहम्मे पर्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend