१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

जैमिनीमा ४ तलाको ४२ कोठे प्रशासनीक भवन बन्दै


जनमञ्च संवाददाता
  • १८ फाल्गुन २०७८ , बुधबार

  • जैमिनीमा ४ तलाको ४२ कोठे प्रशासनीक भवन बन्दै

    बागलुङ, १८ फागुन – जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ । नगरप्रमुख इन्द्रराज पौडेलले प्रशासनिक भवनको एक समारोहबीच शिलान्याश गरे ।
    आफ्नो कार्यकाल सकिनै लाग्दा भवनको शिलान्यास गरेका नगरप्रमुख पौडेलले भवनको पूर्णता अबका जनप्रतिनिधिले दिने आशा व्यक्त गरे ।
    करिब ३ बर्षमा निर्माण सक्नेगरी जिम्मा पाएको निर्माण कम्पनीले ४ तलाको ४२ कोठे भवन निर्माण गर्नेछ ।
    शिलान्यास कार्यक्रममा नगरप्रमुख पौडेल, उपप्रमुख लिला राना, प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइराला, नगरपालिकाका कर्मचारीसहित वडाध्यक्ष उपस्थिति थिए । प्रशासनिक भवन निर्माण भएपछि नगरको कार्यसम्पादनमा सहज हुने पौठेलले बताए ।
    रविना प्राकृतिक जुगल जेभीले ८ करोड १७ लाख ६५ हजार ८२ रुपैयाँमा भवन निर्माणको काम थालेको हो ।
    २०८१ साल असार मसान्तसम्म भवन निर्माण सक्ने गर्नेगरी माघ २१ गते ठेक्का सम्झौता गरिएको जैमिनी नगरपालिकाका इन्जिनियर विवेक सापकोटाले वताए ।
    जैमिनी नगरपालिकाले कुश्मिसेरा बजारको ठेउलेखोला र टिमुर खोलाको दोभानमा आफ्नै प्रशासनिक भवन बनाउन लागेको हो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend