१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

लघु कथाः म मुर्ख उस्तै !


शिवप्रसाद पाण्डे
  • २१ फाल्गुन २०७८ , शनिबार

  • लघु कथाः म मुर्ख उस्तै !

    भीमसेनको खेत र बावुरामको पाखो सानो खोल्साले छुट्टयाएको थियो । एकदिन भीमसेन बाँधो फर्काएको खेतका छेउटुप्पा खनिरहेका थिए । बावुराम टुप्लुक्क खेतैमा आइपुगे । सामान्य औपचारिकता पछि बावुरामले भने, ‘म त उही कामले आएको हुँ । पचास हजार सापटी दिनुहोस् । एकै महिनामा साँवा ब्याज फिर्ता गर्नेछु ।’

    भीमसेनले प्रतिउत्तर दिए,‘हजुर त आजको ठीक एक महिना पहिले पनि एक महिनाको लागि ऋण माग्न आउनु भएको थियो । के अहिलेसम्म कसैले दिएनन् कि कसो ? यदि मैले त्यसबेला ऋण दिएको हुन्थेँ भने कसरी फिर्ता गरि सक्नुहुन्थ्यो त ?’
    बावुराम केही रिसाउदै भने,‘यस्तो हेपेर नभन्नुहोस् । तपाईंले एक महिना पहिले ऋण दिएको भए अरुले पनि दिन्थेँ,लेनदेन हुँदै जान्थ्यो । तपाईंले बोहनी नै बिगारी दिनुभयो । अहिले दिनुहोस् न एक महिनापछि फिर्ता नगरे बल्ल भन्नुहोला !’ त्यसपछि तिनीहरूको कुराकानी नेपालको समसामयिक चर्चाको विषय एमसीसीतर्फ मोडियो । भीमसेन एमसीसीको विपक्षमा र बावुराम पक्षमा थिए । बावुरामले भने,‘एसीसीको किन अहिले विरोध गर्नुप¥यो ? यो नेपालको हित अनुकुल छैन भन्ने लागेमा पाँच वर्ष भित्र जुनसुकै समयमा पनि फिर्ता लैजाऊ भने एकै वचनमा फिर्ता भै हाल्दछ ; कुरा प्रष्टै र सहजै छ ।’

    त्यसपछि बावुरामको आँखा आफ्नोे पाखोतिर गए । उनले भीमसेनको खेतदेखि एक मिटर टाढा साना दुईपाते उत्तिसका बिरुवा रोपेका थिए । ती बिरुवा उनले देखेनन् । ती बिरुवा भीमसेनले भविष्यमा आफ्नो खेतमा तप्कनी हुने ठानेर उखलेर फालि सकेका थिए । बावुरामलाई यो काम भिमसेनले नै गरेको शंका लाग्यो । उनले भीमसेनलाई लक्षित गरि भने, ‘यहाँका बिरुवा कसले उखेलेर फालेछ ? किन अहिले फाल्नु पथ्र्यो ? पछि ठूलै रुखहरु भएपछि पनि काट भनेको भए मैले काटि हाल्ने थिए नि ।’

    भीमसेनले यो सुनेपछि व्यंग्यात्मक शैलीमा भने, ‘साँच्चै हो नि ! एक महिनामा मैले दिएको ऋण पनि फिर्ता हुन्थ्यो होला । उत्तिसका रुखहरु पनि काटिन्थे होला । अमेरिकाले एमसीसी भविष्यमा सजिलै फिर्ता गर्ने थियो होला । तपाईं ठीक, म मूर्ख उस्तै !’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend