बागलुङ, २२ फागुन – जिल्लाको गलकोट बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहन चन्द राजनले आफ्नो विवाहको ५०औं बर्षगाठको अवसर पारेर १ लाख ५ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेका छन् । गलकोट माविका पूर्व शिक्षिका कृष्ण कुमारी मल्लसंग बैवाहिक बन्धनमा बाधिएको अवसरमा १ लाख ५ हजार रुपैयाँको अक्षय कोष स्थापना गरेको उनका परिवारले जनाएका छन् ।
लामो समय गलकोटमा प्राध्यापन गरेर हाल पोखरामा वस्दै आएका राजन गुरु र शिक्षिका मल्लले गलकोट समाज पोखराका नाममा १ लाख ५ हजारको अक्षयकोष स्थापना गरेका हुन् । गलकोट समाज पोखराका अध्यक्ष खडकवहादुर थापाका अनुसार पोखराको सितलादेवी पार्टी प्यालेसमा आयोजित बैवाहिक बर्षगाँठ कार्यक्रममा राजन दम्पतीले उक्त अक्षय कोष गलकोट समाज पोखरालाई हस्तान्तरण गरे ।
सो अवसरमा गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेल, गलकोट नगरपालिकाका प्रमुख भरत गैरे, पश्चिमान्चल बिश्वबिद्यालयका उपकुलपती डा. बुद्धिबहादुर थापा, डा. कृष्णा बिष्ट लगाएतका कलेज प्राध्यापकहरु सहभागी थिए । कार्यक्रममा सहभागी सबैलाई उनका छोरा ईश्वर चन्द, छोरी अनीता राणा, सुनीता शाहीले धन्यवाद दिदै गलकोट समाजलाई आफुहरुले पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका थिए ।