१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026
हेलिकप्टरबाट पुष्पबृष्टि

म्याग्दीमा ‘रत्नेचौर धार्मिक महोत्सव’ सुरु


जनमञ्च संवाददाता
  • २३ फाल्गुन २०७८ , सोमबार

  • म्याग्दीमा ‘रत्नेचौर धार्मिक महोत्सव’ सुरु
    बेनी नगरपालिका–१ मा सोमबार रत्नेचौर धार्मिक महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल। तस्वीर: जनमञ्च

    बागलुङ, २३ फागुन – म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरमा सोमबारदेखि ‘रत्नेचौर धार्मिक महोत्सव’ सुरु भएको छ। परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरी मन्दिरमा फागुन ३० गतेसम्म सञ्चालन हुने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले उद्घाटन गरेका हुन्।

    उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटनको विकासका लागि मुक्तिनाथ, लुम्बिनी, जनकपुरधाम र बिन्धबासिनीलाई समेटेर धार्मिक सर्किट बनाउन लागिएको बताए। ‘धार्मिक पर्यटक भित्र्याउनका लागि गण्डकी, लुम्बिनी र मधेश प्रदेशको सर्किट बनाउन लागिएको हो,’ उनले भने ‘धार्मिक स्थलहरुलाई हवाई र सडक मार्गबाट जोड्न प्राथमिकता दिएका छौ।’

    धार्मिक पर्यटनको विकासका लागि शनिबारदेखि पोखरा–जनकपुरधाम हवाई उडान सुरु गरिएको र मधेश प्रदेशको भ्रमण गरेर आएको पोखरेलले बताए।  निर्माणाधिन कालिगण्डकी कोरीडोर सडकलाई पूर्णता दिने र कोरला नाका खुलाएर चिनका वौद्धधर्मावलम्बीलाई लुम्बीनी तथा भारतका हिन्दुधर्मावलम्बीलाई मुक्तिनाथ भित्र्याउने योजना सुनाए।

    गण्डकीका पर्यटकीय र धार्मिक स्थलहरुलाई पनि एक अर्कासँग जोडेर विकास गर्न थालिएको बताए। ‘हिमाल र मधेशको सम्बृद्धीमा एक अर्काको सम्बन्ध छ,’ पोखरेलले भने “कालीगण्डकी सभ्यता गण्डकीको सम्बृद्धीको आधार हो।‘

    लक्ष्मीहरी मन्दिरको २५ औं रजत जयन्ती तथा संस्थापकचार्य जगतगुरु अनन्त श्री विभूषित श्रीपराङ्कुशाचार्य यतिराज जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दीको अवसरमा महोत्सव आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष नेत्रबहादुर महतले बताए।

    लक्ष्मीहरी मन्दिरका संस्थापक जीयर स्वामीले रत्नेचौर मुक्तिक्षेत्रको प्रवेशद्धार भएकाले यसको धार्मिक र पर्यटकीय दुवै किसिमको महत्व भएको बताए। पौलत्स्य ऋषिले यही क्षेत्रमा तपस्या गरेका हुन,’ उनले भने ‘रत्नेचौर मुक्तिनाथको दैलोको बत्ति जस्तै हो।’

    आफू र आफ्नो ठाउँको पहिचान गर्नुपर्ने बताउदै जीयर स्वामीले सामूहिक भावनाले सबैको भलो हुने बताए। रत्नेचौर क्षेत्रमा रहेको धार्मिक महत्वलाई उजागर तथा प्रचार प्रसार र लक्ष्मीहरी मन्दिरको चौतर्फि विकासका लागि महोत्सवले सहयोग पुग्ने अपेक्षा गरिएको वडा अध्यक्ष एवम् मुल आयोजक समितिका बरिष्ठ उपाध्यक्ष टेकबहादुर रावलले बताए।

    ‘तोरीवारीका कारण भाइरल बनेको रत्नेचौरमा धार्मिक पर्यटनको समेत सम्भावना छ,’ उनले भने ‘महोत्सवले यहाँका धार्मिक महत्वको गरिमा बढाउन सहयोग पुग्ने हामीले विश्वास गरेका छौँ।’

    भौगोलिक रुपमा रमणीय र मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको रत्नेचौरको धार्मिक महिमालाई उजागर गर्न महोत्सव सहयोगी हुने जगतगुरु रामानुजाचार्य यतिराज स्वामी हिमालय बाबाजीले बताए। हिमालय बाबाजीको तत्वावधानमा महोत्सव सञ्चालन भएको हो। यहाँ बि.स. २०६६ र २०७५ मा पनि धार्मिक महोत्सव भएको थियो।

    पछिल्लो पटक मन्दिर परिसरमा आश्रम निर्माण भएको छ। रत्नेचौर र बाग्लुङको कुडुले जोड्ने ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भैरहेको छ। मन्दिर स्थापना भएको २५ बर्ष र मन्दिरका संस्थापकाचार्य १०० नक्षेत्र पार गरेको अवसरमा आयोजित महायज्ञमा संकलन हुने रकमलाई समेत यस क्षेत्रको धार्मिक पर्यटन पुर्वाधार निर्माणमा परिचालन गरिने मुल आयोजक समितिका उपाध्यक्ष चिरञ्जीवी बोगटीले जानकारी दिए।

    उद्घाटन कार्यक्रममा नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, उपप्रमुख सञ्जु बरुवाल, नेकपा माओवादी केन्द्रका बेनी नगर अध्यक्ष सेरबहादुर केसी लगायतले बोलेका थिए। महोत्सव उद्घाटन गर्नुअघि हेलिकप्टरबाट पुष्पबृष्टि गरिएको थियो।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend