२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026
पार्टीको सिद्धान्त बमोजिम देश र जनताका पक्षमा क्रियाशील हुन आग्रह

पोखरामा वास वसेका ओलिले संविधान सदस्यसहित ४ सयलाई गराए पार्टी प्रवेश


जनमञ्च संवाददाता
  • २४ फाल्गुन २०७८ , मंगलबार

  • पोखरामा वास वसेका ओलिले संविधान सदस्यसहित ४ सयलाई गराए पार्टी प्रवेश
    नेपाली र सुवेदीलाई पार्टीमा प्रवेश गराउदै एमाले अध्यक्ष केपि ओलि ।

    पोखरा, २४ फागुन – पार्टीको भातृसंगठन मानव अधिकार एलायन्सको राष्ट्रिय महाधिवेशनको उदघाटन गर्न पोखरा आएका नेकपा एमालेका अध्यक्ष केपि ओलि सोमवार पोखरामै वास वसे । उनी पोखरामा वास मात्रै वसेनन, मंगलवार विहानै जनता समाजवादी पार्टीका केन्द्रिय सदस्यदेखि संविधान सभाका सदस्यसम्मलाई एमालेमा प्रवेश गराए ।

    प्रदेश स्तरमा पार्टी प्रवेश गर्न दोस्रो पटक आयोजना गरिएको कार्यक्रममा एमाले अध्यक्ष ओलिले जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपाली, कशिम अलि सिद्धिकीसहित करीव ४ सय जना नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराए ।

    जसपाका ९ जना केन्द्रीय सदस्य, १३ जना गण्डकी प्रदेश पदाधिकारी तथा सदस्य, १२ जना कास्की जिल्ला सदस्य, जसपाका भातृसंगठनका ३ जना अध्यक्ष र अरु पार्टीका गरी करीव ४ सय जनालाई अध्यक्ष ओलिले टीका र खादा लगाएर एमालेमा प्रवेश गराए ।

    सुवेदी, नेपाली र सिद्धिकीसहित जसपा केन्द्रीय सदस्यसमेत रहेका समाजवादी दलित मुक्ति महासंघका अध्यक्ष रामबहादुर नेपाली, पार्टीको केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, मनकुमारी बुढा, राजन कार्की तथा पार्वती जिसी, तारा नेपाली, गोपेन्द्रकेशरी न्यौपाने, चन्दा विश्वकर्मा, पर्वतका जिल्ला अध्यक्ष नवीन पुन लगायत पार्टीमा प्रवेश गरेको एमाले गण्डकीले जनाएको छ ।

    पार्टी प्रवेश गर्दै सुवेदीले ‘सुखी नेपाली र समृद्ध नेपालको नारालाई सार्थक बनाउन एमालेको विकल्प नभएकोले एमालेमा प्रवेश गरेको वताए । उनले भने, समृद्ध नेपालका लागि मात्रै होईन, राष्ट्रियताको रक्षा गर्न पनि एमाले नै चाहिने भयो । यसका लागि केपि ओलिको नेतृत्व मात्रै सक्षम र सवल देखियो ।’

    सो अवसरमा अध्यक्ष ओलिले राष्ट्र निर्माणको अभिभारा एमालेको प्राथमिकता रहेको बताए । उनले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज निर्माणमा क्रियाशील हुनुपर्नेमा जोड दिए । जनतालाई मनपर्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलिले सामाजिक न्याय र समानताका क्षेत्रमा पार्टी निरन्तर लागिरहेको बताए ।

    अन्य दलबाट एमाले प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष ओलीले पार्टीको सिद्धान्त बमोजिम देश र जनताका पक्षमा क्रियाशील हुन आग्रह गरे। अन्तर्राष्ट्रिय नारी दिवसबारे चर्चा गर्दै अध्यक्ष ओलिले नेपालमा महिला सशक्तिकरण बढेको र आफूलाई प्राप्त जिम्मेवारीलाई उनीहरूले सफलताका साथ बहन गरिरहेको बताए । कार्यक्रम नेकपा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको समपन्न थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend