१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

नाली बनाउँदा माटोले पुरिएर कामदारको मृत्यु


जनमञ्च संवाददाता
  • २४ फाल्गुन २०७८ , मंगलबार

  • नाली बनाउँदा माटोले पुरिएर कामदारको मृत्यु

    लमजुङ, २४ फागुन – लमजुङको सुन्दरबजार नगरपालिका-९ फूलबारीमा सडकको नाली बनाउने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर एकजना कामदारको मृत्यु भएको छ ।

    बेंसीसहर-डुम्रे सडकमा पर्ने उक्त सडकमा नालीलाई गहिरो पारेर खोल्सातिर पानी लानको लागि डाइभर्सन बनाउने क्रममा मंगलबार अपरान्ह ढिस्को खसेको हो । नाला गहिरो खनेको र एक्साभेटरले खन्दै ह्युमपाइप लगाउँदै आएकोमा एक्कासी माथिबाट ढुंगामाटोको ढिस्कोले २ जना कामदारलाई पुरेको थियो ।

    पुरिएकामध्ये मकवानपुरको मनहरी गाउँपालिका २ का ४० वर्षीय सुरेश स्याङ्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीसँगै काम गरिरहेका मनहरी २ कै ३१ वर्षीय सूर्यबहादुर स्याङतान घाइते भएका छन् । उनको भोटेओडार अस्पतालमा उपचार गराइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार पाउँदीबाट सिउँडीबारतर्फ आउने बाटोको बायाँपट्टी नाला खनिएको थियो । नालामाथि पहिरो रहेको र नाला खन्ने क्रममा पहिरो आएर २ जनालाई पुरेको हो । पुरिएका २ जनाको स्थानीय र प्रहरीले उद्दार गरेका थिए । अपरान्ह साढे ४ बजेतिर उक्त घटना घटेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमका लागि बेंसीसहरस्थित जिल्ला अस्पतालमा राखिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend