२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

भूपेन्द्र बने नेपाल आइडल-४


सलमान खान
  • ६ चैत्र २०७८ , आइतबार

  • भूपेन्द्र बने नेपाल आइडल-४

    बुटवल, ६ चैत – ‘हिम्मत गरे एक दिन सफल भइन्छ’ भन्ने उदाहरण बनेका छन् भैरहवाका भूपेन्द्र थापा मगर। आइडलको सिजन-१ देखि नै उनी प्रतिस्पर्धामा सहभागी थिए। विभिन्न चरणसँगै बाहिरिए पनि। तर, हिम्मत हारेनन्। अन्ततः नेपाल आइडल सिजन–४ को उपाधि चुम्न सफल बने।

    सानैदेखि संगीतमा रुचि राख्ने उनको सपना साकार बन्यो। शनिबार एपीवान टेलिभिजनको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा भूपेन्द्रले उपाधि उचाल्दा फस्ट रनरअप नाङगेल तामाङ बने। रन्जित नेपालीले सेकेन्ड रनरअपको उपाधिमा स्थान जमाए।

    दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले नेपाल आइडलको विजेता घोषणासँगै नगद पुरस्कार र उपहार प्रदान गरे।  आइडल बनेका भूपेन्द्रले उपाधिसँगै ३० लाख नगद प्राप्त गरेका छन्। अध्यक्ष क्याप्टेन रामे˘वर थापाले उनलाई ३० लाखको चेक प्रदान गरे। स्कुटर, २५ लाख बराबरको जीवन बिमा र थुप्रै कोसेली उपाधिका साथ उनलाई प्राप्त भयो।

     

    फस्ट रनरअप तामाङले ५ लाख नगद प्राप्त गरेका छन्। नगदसँगै स्कुटर, २० लाख बराबरको जीवन बिमा र अन्य उपहार पाए। ३ लाख नगद र ट्रफीसहित रन्जित नेपालीले सेकेन्ड रनरअपको उपाधि प्राप्त गरे। उनले पनि स्कुटर, १५ लाख बराबरको जीवन बिमा सँगै अन्य उपहार पाए। विजेतालाई शुभकामना दिँदै अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामे˘वर थापाले संगीत कला र संस्कृतिले नेपालीलाई एकतामा राख्नका लागि सहयोग पुग्ने बताए। देश बन्न र देश रहनका लागि कला संगीत बाँच्नुपर्ने तर्क उनको थियो। भन्छन्, ‘नेपाल आइडल सिजन-४ का उत्कृष्ट ५ नै कला र क्षमता भएका प्रतिभा हुन्। सबैजना विजेता हुन्। देश र समाजको गरिमा राख्न जिम्मेवार भएर लाग्नुपर्छ।

    नेपाल आइडल सिजन–५ लिएर आउने घोषणा गर्दै उनले सिजन–४ लाई सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सघाउने सबैप्रति कृतज्ञता प्रदान गरे। आइडलले देशका कुना कन्दराबाट प्रतिभा खोजेर ल्याएर देशकै उत्कृष्ट व्यक्तित्व बनाउने गहन काम गरेको उनको भनाइ छ। नेपाल आइडलले दिएको विशेष प्रतिष्ठा र पहिचानलाई जोगाउनका लागि आग्रह गरे।

    नेपाली संगीत पारखीका लागि शनिबारीय सन्ध्या विशेष थियो। एपीवान टेलिभिजनबाट हरेक साता बिहीबार र शुक्रबार प्रसारण हुने नेपाल आइडल सिजन-४ को ग्रान्ड फिनाले भव्य भयो। कार्यक्रममा नेपाली संगीतलाई माया गर्ने अधिकांश हस्तीहरूको उपस्थिति थियो। कार्यक्रम उत्कृष्ट ५ को सामूहिक गीत प्रस्तुति सँगै सुरु भएको थियो।

    टप १२ मा पर्न सफल प्रतियोगीको विशेष प्रस्तुति हेर्न लायक थियो। सिजन–४ मा निर्णयकको भूमिकामा रहेका गायक सुगम पोखरेलले नेपाल आइडलको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरे। उनले अगाडि भने, ‘आइडलका ५ जना नै सेलिब्रेटी भइसकेका छन्। विजेता जो भए पनि सबैजना उत्कृष्ट हुन्। सफलताको स्वाद लिनुहोला। मात लाग्यो भने काम लाग्दैन।’ अर्का निर्णयक संगीतकार शम्भुजित बास्कोटाले सबैको उन्नत भविष्यका लागि आशिष प्रदान गरे। संसारको कुनै पनि स्टेजमा गाउनका लागि नेपाल आइडलका प्रतियोगीहरू सक्षम भएको जिकिर उनको थियो। यस्तै सुवानी मोक्तानले उत्कृष्ट ५ लाई शुभकामना दिँदै भनिन्, ‘छोटो समयमा प्रतियोगीले गरेको प्रगति लोभलाग्दो भयो।’

    सिजन–४ को विजेता घोषणा कार्यक्रममा राजेन्द्र शाक्य, डिल्ली श्रेष्ठ, सचन थापा, बलराम उप्रेती, निर्मल पाण्डे, राजीवमान जोशी, विपिन हाडा, दीपबहादुर बीसी, केपी रिजाल, राजन मानन्धर, डिकेश मल्होत्रा र गीता खड्कालगायतले विजयी प्रतियोगीलाई उपहार प्रदान गरेका थिए। आइडलको सबै सिजनलाई निर्देशकीय जिम्मेवारी निभाएका थिए सुरेश पौडेलले।

    नेपाली सांगीतिक बजारको अधिकांश हिस्सा नेपाल आइडलकै उत्पादनले ओगटेका छन्। संगीतमा लाग्नेहरूका लागि, गायन क्षमता हुनेहरूका लागि नेपाल आइडल विशेष मञ्च हो भन्छन् निर्देशक पौडेल। भने, ‘नेपाल आइडल गीत गाउनेका लागि मात्रै होइन। उसको परिवार र अभिभावकका लागि पनि उत्तिकै लोकप्रिय छ। दर्शक र श्रोताका लागि पनि भरोषाको केन्द्र बनेको छ।’ सिजन–४ गत मंसिर २३ गतेदेखि प्रसारण सुरु भएको थियो।

    को हुन् भूपेन्द्र ?
    सिद्धार्थ नगरपालिका-३ भैरहवाका स्थायी बासिन्दा हुन उनी। बुबा शेरु थापामगर र आमा रत्नाका एक्ला छोरा हुन्। उनकी एउटी दिदी छन्। निरन्तरको संगीत साधना र लगनशीलताले उनलाई नेपाल आइडल सिजन–४ को विजेताको उपाधिसम्म पुर्यायो।

    सनसाइन आवासीय उच्च माविबाट एसएलसी तथा प्लस टु सकेका थापा हाल भैरहवा बहुमुखी क्याम्पसमा ब्यार्चलर्स अध्ययन गर्दैछन्। २७ वर्षीय अविवाहित ठिटो थापा भन्छन्, ‘मलाई संगीतबाहेक केही आउँदैन। मैले जानेको देखेको र सपना गरेको चिज नै संगीत हो। यो जित मेरो मात्रै होइन। मलाई माया गरेर यहाँसम्म ल्याउने सम्पूर्णको हो।’

    नेपाल आइडलले आफूलाई संगीतको विशेष मञ्च प्रदान गरेको भन्दै आभार प्रकट गरे। जीवनभर गीत–संगीतमै लाग्ने बाचा गरेका थापा भैरहवा कला केन्द्रमा विगत ६ वर्षदेखि संगीत साधना गरिरहेका थिए। उनलाई संगीत गुरु किशोर विश्वकर्माले संगीतको राग भरिदिएका हुन्।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend