बागलुङ, ७ चैत – नेकपा माओवादी केन्द्र काठेखोला गाउँ कमिटिले वडा नं. ३ धम्जा वडा कमिटिका अध्यक्ष दिपेन्द्र खत्री मात्रै नेकपा एमालेमा प्रवेश गरेको जनाएको छ ।
वडा कमिटिनै एमालेमा प्रबेश गरेको भन्ने समाचारहरु निराधार रहेको भन्दै गाउँ कमिटिले खत्रीलाई ललाईफकाई पार्टी प्रबेश गराएको आरोप लगाएको छ ।
आइतबार प्रेस बिज्ञप्ती जारी गर्दै गाउँ कमिटिका अध्यक्ष कृष्ण बहादुर थापाले आगामी स्थानीय निर्वाचनमा वडा अध्यक्षको आश्वासन देखाएर खत्रीलाई पार्टी प्रबेश गराएको उल्लेख गरेका छन् ।
‘मिति २०७८ चैत्र ३ गतेमा एमाले पार्टीमा प्रवेश गराउदा ने.क.पा. (माजवादी केन्द्र) धम्जाको वडा समिति नै मर्च गरेको र माइनटसम्म निज दिपेन्द्र खत्रीले बुझाएको भन्ने समाचार बाहिर आएकोमा निज दिपेन्द्र खत्रीले त्यहाँको पार्टी समितिमा कुनै सल्लाह नगरी निजले एकल निर्णय गरि आफु एक व्यक्ति मात्र एमालेमा प्रवेश गराएका छन्’ बिज्ञप्तीमा भनिएको छ ‘धम्जाका सम्पूर्ण वडा समितिका सदस्य र संगठित सदस्यहरु नेकपा (माजीवादी केन्द्र) मा नै रहको जानाकारी गरादै एमालेले गरेको भ्रमित समाचार तथा कार्यको कसैले पनि बिश्वास नगर्न अनुरोध गर्दछु ।’