९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026
सरकारी वकिलको कार्यालयले एक/दुई दिनभित्रै अभियोगपत्र तयार गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

पल शाहमाथिको अनुसन्धान सकियो,मिसिल सरकारी वकिलको कार्यालयमा


जनमञ्च संवाददाता
  • ८ चैत्र २०७८ , मंगलबार

  • पल शाहमाथिको अनुसन्धान सकियो,मिसिल सरकारी वकिलको कार्यालयमा

    तनहुँ, ८ चैत – नाबालिगलाई जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाह (पुर्णविक्रम शाह) विरुद्ध परेको उजुरीको अनुसन्धान सकिएको छ । प्रहरीले अभिनेता शाहमाथि परेको मुद्दाको अनुसन्धान प्रक्रिया पूरा गरी सोमवार मिसिल सरकारी वकिलको कार्यालयमा बुझाएको हो ।

    तनहुँ प्रहरीले जिल्ला अदालतबाट शाहविरुद्ध तेश्रो पटक गत चैत ४ गते पाँच दिनको म्याद थप गरी अनुसन्धान पूरा गरेको छ । यसअघि प्रहरीले अदालतबाट फागुन १५ गते सात दिन र २२ गते १२ दिनको म्याद थप गरी हिरासतमा राखेर आवश्यक अनुसन्धान गरेको थियो ।

    प्रहरीले सबै अनुसन्धान सकेर मिसिल सरकारी वकिलको कार्यालयमा सोमबार पठाएको हो । सरकारी वकिलको कार्यालयले एक/दुई दिनभित्रै अभियोगपत्र तयार गरेर जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको बताइएको छ ।

    यस्तै, अभियुक्त शाहविरुद्ध गत बिहीबार जिल्ला अदालत नवलपरासीमा मुद्दा दर्ता भइसकेको छ । शाहविरुद्ध नवलपरासीमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसुर गरेको दाबी गर्दै मुद्दा दायर भएको थियो । कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया नाबालिगका बुबाले म्युजिक भिडियो छायांकनका क्रममा अभिनेता शाहले बारम्बार जबर्जस्ती करणी र यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै गत फागुन ११ गते जाहेरी दर्ता गराएका थिए । जाहेरीमा शाहले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिकामाथि पटकपटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको उल्लेख गरिएको छ । करिब ३ महिना अगाडिदेखि एकोहोरो जस्तो बस्ने गर्दै आइरहेकीले ‘छोरीलाई के भएछ ?’ भनी परिवारले कर गर्दा करणीको कुरा खुलाएको जाहेरीमा उल्लेख छ ।

    तनहुँमा जाहेरी दर्ता भएको ५ दिनमा शाह प्रहरीको सम्पर्कमा पुगेका थिए । त्यसपछि नाबालिकाले गत फागुन १५ गते शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा पनि जाहेरी दिएकी थिइन् । तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई गत फागुन २४ गते गैंडाकोट लागि सरकारी वकिलले वयान लिएका थिए । सोही वयानको आधारमा गत बिहीबार नवलपरासी अदालतमा मुद्दा दर्ता गरिएको हो ।

    मुलुकी अपराध संहिता २०७४ को दफा १९ को ३ (ग) बमोजिम १४ देखि १६ वर्षसम्मका नाबालिकालाई करणी गरेको अवस्थामा १२ देखि १४ वर्षसम्मको कैद सजाय हुन्छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend