१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

अवैध सालको काठ सहित चार जना पक्राउ


जनमञ्च संवाददाता
  • ८ चैत्र २०७८ , मंगलबार

  • अवैध सालको काठ सहित चार जना पक्राउ

    स्याङ्जा, ८ चैत – जिल्लाको बिरुवा गाउँपालिका ४ पाटनेबाट अवैध सालको काठसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा विरुवा गाउँपालिका ४ पाटने बस्ने ४० वर्षीय खुमबहादुर सार्की, ५९ वर्षीय हस्तबहादुर सार्की, ६८ वर्षीय लक्ष्मी नेपाली र पुतलीबजार नगरपालिका १३ बस्ने २५ वर्षीय अमिरदिन मिया रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारी जानकारी दिए ।

    स्याङ्जाबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले सालको चिरान काठ ४० पिस र सालको गोलिया २० गरी जम्मा ६० पिससहित एक ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।प्रहरीले सालको गोलिया, चारजना मानिस, एक ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय बाडखोला स्याङ्जामा बुझाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend