११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

म्यानेजर्स क्लबको अध्यक्षमा राजभण्डारी, सचिव र कोषाध्यक्षमा शर्मा


जनमञ्च संवाददाता
  • १३ चैत्र २०७८ , आइतबार

  • म्यानेजर्स क्लबको अध्यक्षमा राजभण्डारी, सचिव र कोषाध्यक्षमा शर्मा

    बागलुङ, १३ चैत – बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लबको अध्यक्षमा एकता सहकारी संस्थाका प्रबन्धक दिपकजंग राजभण्डारी चयन भएका छन् । क्लबको शुक्रवार समपन्न प्रथम साधारण सभाले राजभण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

    समितिको उपाध्यक्षमा आदर्श संचार सहकारी संस्थाका प्रबन्धक दिपकराज सापकोटा, सचिवमा यातायात सहकारी संस्थाका प्रबन्धक ताराप्रसाद शर्मा र कोषाध्यक्षमा प्रगति बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक मुना शर्मा चयन भएका छन् ।

    सदस्यहरुमा जिल्ला सहकारी संघका प्रबन्धक सिर्जना शर्मा, बागलुङ दुग्ध उत्पादक सहकारी संघका प्रबन्धक बैकुण्ठ प्रसाद शर्मा, सहज बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक टिकाराम सापकोटा, महिला हित बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक चन्द्रा कार्की चयन भएका छन् ।

    सदस्यहरुमा त्रिवेणी बचत तथा ऋण सहकारी संस्था बुर्तिबाङका प्रबन्धक अर्जुन पोखरेल, लखन बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धक होमबहादुर थापा, सयपत्री बहुउद्देश्यीय सहकारी संस्था गलकोटका प्रबन्धक रविलाल शर्मा, छिस्ती साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक तिलकुमारी थापा र प्रमानन्द स्मृति बहुउद्देश्यीय सहकारी संस्था काठेखोलाका प्रबन्धक कमल केसी छन् ।

    लेखा समितिको संयोजकमा इमेज बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक शक्ति किसान र सदस्यहरुमा कालीगण्डकी महिला सहकारी संस्था बलेवाका प्रबन्धक यमुना शर्मा ढकाल र धनन्तवरी स्वास्थ्य सहकारी संस्थाका प्रबन्धक रेश्मी भट्ट चयन भएका छन् ।

    साधारण सभाको को उद्घाटन राष्ट्रिय सहकारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागार्इले गरेका थिए । कार्यक्रममा क्लबका सल्लाहकार महादेव सापकोटा र राष्ट्रिय सहकारी बैङ्क बागलुङका प्रमुख युवराज त्रिपाठीले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

    कार्यक्रममा क्लबका सचिव ताराप्रसाद शर्माले प्रगति र कोषाध्यक्ष मुना शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष दिपकजंग राजभण्डारीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दिपकराज सापकोटा र सञ्चालन सचिव ताराप्रसाद शर्माले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend