११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

अभियन्ता प्रेन्सा ‘चाइल्ड प्रोडिजी अवार्ड्’मा छनोट


जनमञ्च संवाददाता
  • २२ मंसिर २०७८ , बुधबार

  • अभियन्ता प्रेन्सा ‘चाइल्ड प्रोडिजी अवार्ड्’मा छनोट

    बेनी, २२ मंसिर – म्याग्दीको मंगला गाउँपालिका-१ कुहुँ पूर्णगाउँकी बाल अभियन्ता प्रेन्सा रेग्मीलाई ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड्स २०२२’ का लागि विश्वबाट सय बाल प्रोडिजीमा छनोट भएकी छन् ।
    विश्वभरका ६८ भन्दा बढी देशहरूका बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा प्रतिभावान एवं बाल सामाजिक अभियन्ता रेग्मी छनोट भएकी हुन् ।
    सामाजिक कार्यमा सक्रिय रहेकी रेग्मीलाई संस्थाका अध्यक्ष तथा कार्यकारी प्रमुख प्रशान्त पाण्डेले अवार्डमा छनोट भएको पत्र पठाउँदै बधाइ दिएका छन् । पोखरामा बसेर अध्ययनरत प्रेन्सा सानै उमेरबाट सामाजिक कार्यमा सक्रिय छिन् ।
    उनले अहिलेसम्म थुप्रै सामाजिक अभियान चलाइसकेकी छन् । कोरोना महामारीमा मास्क अभियान, फुड बैंक, बुक बैंक, सरसफाई अभियान, १६ वर्ष मुनिका बालबालिकालाई मद्यपान, धुम्रपान सेवन नगर्न र बिक्रीवितरण नगर्ने अभियान लगायत अभियानबाट चर्चामा आएकी हुन् ।
    उनले पछिल्लो समय दिएका अन्तर्वार्ताको समेत निकै चर्चा हुने गरेको छ । बालिकामाथि हुने हिंसा, बलात्कारका घटना न्यूनीकरण गर्न कडा कानुन बनाउनुपर्ने लगायतका माग राखेर उनले विभिन्न निकायमा समेत ज्ञापनपत्र समेत बुझाएकी थिइन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend