१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

तारेखमा छाड्न माग गर्दै पल शाह अदालतमा


जनमञ्च संवाददाता
  • १५ चैत्र २०७८ , मंगलबार

  • तारेखमा छाड्न माग गर्दै पल शाह अदालतमा

    पोखरा, १५ चैत – नाबालिकालाई जबर्जस्ती करणीको अभियोगमा पूर्पक्षका लागि तनहुँ कारागारमा थुनामा रहेका पल शाह (पूर्णविक्रम शाह ) ले उच्च अदालत पोखरामा निवेदन दिएका छन् ।

    शाहका तर्फबाट कानुन व्यवसायीले तनहुँ जिल्ला अदालत थुनछेक आदेशविरुद्ध मंगलबार निवेदन दिएका हुन् । तनहुँ जिल्ला अदालतको चैत १० को आदेशले पल शाहलाई पूर्पक्षका लागि जेल चलान गरेको थियो ।

    उक्त आदेश खारेज गरिपाउँ भन्दै निवेदन परेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend