१२ साउन २०८३ , मंगलबार

१२ साउन २०८३ , मंगलबार
  • १२ साउन २०८३ , मंगलबार
  • July 28 2026
गण्डकीका मन्त्रीमध्ये थापा सबैभन्दा धनी मन्त्री मानिन्छन् ।

गण्डकीका मन्त्री थापाको कमाइ सामाजिक सेवामा


जनमञ्च संवाददाता
  • १६ चैत्र २०७८ , बुधबार

  • गण्डकीका मन्त्री थापाको कमाइ सामाजिक सेवामा

    पोखरा, १६ चैत – गण्डकी प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापाले आफूले पाएको सबै सेवासुविधा सामाजिक कार्यमा खर्च गरेका छन् । मन्त्री थापाले मंगलबार पत्रकार सम्मेलन गरी पूर्वघोषणा बमोजिम नै आफ्नो तलबसहितका सेवासुविधा सामाजिक कार्यमा खर्च गरेको जानकारी दिएका हुन् ।

    नेपाली कांग्रेसबाट कास्की क्षेत्र नं २ प्रदेशसभा (ख)बाट गण्डकी प्रदेश सांसदमा विजयी भएका थिए । उनले अघिल्लो वर्ष माघदेखि हाल फागुन महिनासम्मको सेवासुविधाबाट १३ लाख ६६ हजार रुपैयाँ आफ्नो बैंक खातामा जम्मा भएको र सबै सामाजिक कार्यमा खर्च गरेको खर्च विवरण सार्वजनिक गरेका हुन् ।

    मन्त्री थापाले यसअवधिमा सेवासुविधासहित व्यक्तिगत कुल १४ लाख ८६ हजा रुपैयाँ सामाजिक खर्च गरेको दाबी गरेका छन् । ‘मेरो आफ्नै व्यापार, व्यवसाय र अन्य आर्थिक स्रोतले मेरो जीविकोपार्जनमा समस्या छैन । तसर्थ राजनीतिमा लागेर आर्थिक उपार्जन गर्नेभन्दा पनि निश्वार्थ जनताको सेवा गर्नु मेरो मूल ध्येय हो,’ उनले भने, ‘प्रदेश सरकारबाट प्राप्त हुने निवास सुविधा पनि लिएको छैन ।’

    मन्त्री थापाले विभिन्न महिला समूह, आमा समूह, युवा क्लब, उपभोक्ता समिति, वडा, प्रतियोगिता लगायतमा आफूले पाएको सेवासुविधावापतको आर्थिक सहयोग गरेको जानकारी दिएका छन् ।

    गण्डकीका मन्त्रीमध्ये थापा सबैभन्दा धनी मन्त्री मानिन्छन् । भदौमा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार पोखरासहितका विभिन्न ठाउँमा ६ वटा घर, १ सय १८ कित्ता जग्गा, ३ वटा होटल, २ वटा व्यापारिक मल, ७ लाख ५७ हजार कित्ता सेयर, बैंकमा ७ करोड १९ लाख रुपैयाँ ब्यालेन्स, २ करोड २५ लाखका २ वटा गाडी, १५ तोला हिरा, ९० तोला सुन र ५० तोला चाँदी देखाएका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend