८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

विद्यार्थीलाई जबरजस्ती गर्ने शिक्षकलाई थुनामा राख्न आदेश


जनमञ्च संवाददाता
  • १६ चैत्र २०७८ , बुधबार

  • विद्यार्थीलाई जबरजस्ती गर्ने शिक्षकलाई थुनामा राख्न आदेश

    अर्घाखाँची, १६ चैत – अर्घाखाँचीको मालारानी गाउँपालिकामा आफ्नै १५ वर्षिय विद्धार्थी बालिकालाई जबरजस्ती करणी गर्ने शिक्षकलाई पूर्पक्षकालागि थुनामा राख्न जिल्ला अदालत अर्घाखाँचीले आदेश दिएको छ।

    मालारानी गाउँपालिकामा घर भएका २७ वर्षिय शिक्षकले आफैंले अध्यापन गराउने १५ वर्षकी बालिकालाई पटकपटक जबरजस्ती करणी गरेको उजुरी परेपछि निज शिक्षकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो।

    पटकपटक हुने जबरजस्ती करणीले गर्भ रहेपछि १४ हप्ताको गर्भपतनसमेत गराएको बालिकाले बताएको र अनुसन्धानबाट देखिएपछि अदालतले मंगलबार पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरिक्षक अम्बरबहादुर थापाले बताए।

    यस आर्थिक वर्षमा जबरजस्ती करणीका ३ र जबरजस्ती करणी उद्योगका २ र बाल यौन दुरुपयोगको १ गरी जम्मा ६ वटा जबरजस्ती करणी सम्बन्धी मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक थापाको भनाई छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend