बागलुङ, २१ चैत – धौलागिरी एफएम बागलुङले उत्पादन गरेको दृष्य (भिडियो) नाटक ‘बिम्ब दर्पण’ को पहिलो अंक आईतवारबाट प्रदर्शनमा आएको छ । एफएमले पहिलो पटक तयार पारेको नाटकको दृष्य बागलुङ बजारमा सरोकारवालाको बीचमा कार्यक्रम गरी सार्वजनिक गरेको हो ।
धौलागिरी एफएमबाट श्रृंखलाबद्ध रुपमा प्रसारण हुँदै आएको रेडियो नाटकको ३६ औं श्रृंखला दृष्य सामाग्री तयार पारेर प्रर्दशनमा ल्याईएको एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माले वताए । समाजमा व्याप्त रहेका कुरीती, विकृति र बिसंगतीविरद्ध नाटकमार्फत सचेतना फैलाउने प्रयास गरिएको नाटकका लेखक तथा निर्देशक पवन खड्काले जानकारी दिए ।
नाटक धौलागिरी एफएमको युटुव च्यानलमार्फत आइतबार नै सार्वजनिक भएको छ । सरोकारवालाका सुझावलाई नाटकको आगामी अंकमा समावेश गर्ने गरी पहिलो श्रृंखलालाई सार्वजनिक गरिएको एफएमका अध्यक्ष हरिनारायण गौतमले बताए ।
पहिलो अंकमा समाजमा रहेको जातीय बिभेद र त्यसले सिर्जना गर्ने समाजिक समस्या, महिलाहरु आर्थिक रुपमा मजबुद हुँदा समाजमा पार्ने सकरात्मक प्रभाव र सामाजिक सञ्जाल टिकटकले हाम्रो समाजमा पारेको मनोवैज्ञानिक असर, युवा पिढीको चाहना लगायतका बिषय समेटिएको छ ।
नाटकको समिक्षा गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक दयानीधी ज्ञवालीले मोफसलमा सचेतना फैलाउनका लागि नाटकमा कलाकारले गरेको अभियनय प्रशंसनीय रहेको बताए । उनले बिषयबस्तु, प्रबिधि र कलाकारको तारतम्य मिलेको भन्दै धौलागिरी एफएमले तयार पारेको नाटकले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
गैह्रसरकारी संस्था महासंघ बागलुङका सचिव तथा विवाईसीका अध्यक्ष मणिभद्र शर्माले समाजमा रहेको बिभेद उजागर गर्न सफल भएको भन्दै आगामी अंकमा नयाँ रुपलाई नाटकका माध्यामबाट पस्किनुपर्नेमा जोड दिए ।
पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नविन शिशिर बिकले स्थानीय कलाकारले आफ्नै प्रयाशमा हराउँदै गएको साहित्यलाई उजागर गर्ने प्रयास गरेको भन्दै प्रशंसा गरे ।
साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङका प्रमुख मनोज श्रेष्ठले विधुतिय सञ्चार माध्यम मार्फत समाजमा सकारात्मक परिवर्तनका लागि एफएमले तयार पारेको नाटकमार्फत गरिएको प्रयासको प्रशंसा गरे ।
एफएमले तयार पारेको नाटकमा बागलुङको पर्यटकीय गाउँ भकुण्डे, बागलुङ बजारका पर्यटकीय क्षेत्र, कालिका मन्दिर, लामो पुललगायतका क्षेत्रका दृष्य कैंद गरिएको छ ।
नाटकमा पवन खड्का, कृष्णकुमार सैंजु, तारानाथ आचार्य, उमाकान्त शर्मा, कोपिला कँडेल, ताराप्रसाद शर्मा, आयशा आचार्य, रञ्जिता शर्मा, लक्ष्मी परियार, रिया शर्मा, अनिता आचार्य, फुलकुमारी शर्मा, प्रशंसा रिजाल, बिदुर आचार्य, शिब बोहरा, गिता रिजाल लगायतका कलाकारले अभिनय गरेका छन् । उनीहरु सवै धौलागिरी एफएम आवद्ध कलाकार हुन् ।
नाटकमा पत्रकार हरिनारायण गौतम र सचदेव क्षेत्रीले उत्प्रेरकको भूमिका निभाएका छन भने लेखन तथा निर्देशन पवन खड्का र छायांकन सुरज किसानले गरेका छन् ।
पुरा भिडियो हेर्न यो लिंकमा जानुहोस :
https://youtu.be/EEe8EAZRZGg