काठमाडौं, २२ मंसिर – नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङका अनुसार बैठक मंसिर २५ र २६ गते भक्तपुरमा बस्नेछ । भक्तपुरको गठ्ठाघरस्थित जर्मन हाउस हस्पिटालिटीमा २५ गते विहान ११ बजेका लागि बैठक वोलाइएको तामाङले जानकारी दिए । सो बैठकका लागि स्थायी समिति र पोलिटब्यूरो गठन, पार्टी प्रवेश अभियान, जिल्ला र प्रदेश अधिवेशनको मिति घोषणा लगायतका १५ वटा कार्यसूची तय गरिएको छ ।
यस्ता छन् कार्यसूचीः
बाँकी केन्द्रीय सदस्यको शपथ
महाधिवेशनको समीक्षा
केन्द्रीय कमिटीमा सदस्यको मनोनयन
पोलिटब्युरो गठन
स्थायी कमिटी गठन
केन्द्रीय सल्लाहकार परिषद् गठन
केन्द्रीय सदस्यहरूको कार्यविभाजन
प्रदेशमा रिक्त पदाधिकारी मनोनयन
जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण
विधान सम्पादन र नियमावली संशोधन
बैठक सञ्चालन कार्यविधि
केन्द्रीय कार्यालय व्यवस्थापन
महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान
वरियता क्रम निर्धारण
संगठन सुदृढीकरण अभियान