१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

बागलुङमा भोलिदेखि चैते दशैँ मेला, सवै तयारी पूरा


जनमञ्च संवाददाता
  • २३ चैत्र २०७८ , बुधबार

  • बागलुङमा भोलिदेखि चैते दशैँ मेला, सवै तयारी पूरा

    बागलुङ, २३ चैत – चैताष्ठमीको अवसर पारेर बिहीबारदेखि बागलुङमा सुरु हुने चैते दशैँ मेलाको तयारी पूरा भएको छ । कालिका भगवति गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले मेलाको सम्पूर्ण तयारी पुरा भएको वताए ।

    मेलाको पहिलो दिन पुरुष भलिवल प्रतियोगिता हुने छ । प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका कृषि, सहकारी, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा ‘सागर’ले गर्ने अध्यक्ष खड्काले जानकारी दिए।

    भलिबल प्रतियोगितामा १२ समुहको सहभागिता रहने छ । पर्यटन प्रबर्धन गर्ने उद्धेश्यले सञ्चालित मेलाको अवसरमा राष्ट्रिय लोक भजन प्रतियोगिता, राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता र विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम हुनेछ ।

    मेलामा राष्ट्रिय कलाकारहरु शिव परियार, राजु परियार, माण्डवी त्रिपाठी, प्रकाश सपूत, चोलेन्द्र पौडेल, रेशम निर्दोष, चोलेन्द्र पौडेल, कालीका रोका, शंकर विरही गुरूङ, राजेश बर्दैवा, कृष्ण अखेली, टीका पुन, खेम सेन्चुरी, थानेश्वर गौतम, मरिचमान श्रेष्ठ, बल्छि ध्रुव्रे, जुना श्रीष, योगेश काजी शाह, रविन खड्का, बिष्णु खत्री, बिबि अनुरागी, राजेन्द्र सापकोटा, अस्मिता डल्लाकोटी, चिज गुरूङ लगायतको प्रस्तुति हुनेछ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend