८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026
मतदाताहरूलाई राम्रो व्यक्ति छान्ने मौका नदिने हो भने चुनाव निरर्थक अभ्यास मात्र हुन्छ । -बीपी कोइराला

भोटमाग्न जाँदाको कथा


देवेन्द्रराज कँडेल
  • २६ चैत्र २०७८ , शनिबार

  • भोटमाग्न जाँदाको कथा

    बुबाले सुनाउनु भएको त्यो कथा म यहाँ तपाईंहरूलाई आफ्नो भाषामा भन्दैछु ।  त्योबेला सवारी साधन नभएको समय थियो । नवलपरासीको क्षेत्रमा पूरै औलोको बिगबिगी थियो । लामखुट्टेले निकै सताउने गर्दथ्यो र धेरै सङ्ख्यामा मान्छे मर्ने गर्दथे । झन् त्यसमाथि नवलपरासी जङ्गल धेरै भएको जिल्ला भएकाले चुनावको प्रचारप्रसार गर्न बुबालाई निकै नै गाह्रो भएछ ।

    त्योबेला गाउँघर सुनसान हुन्थ्यो । साँझ परेपछि पिलिक्क टुकी बाल्थे । मान्छेहरू आआफ्ना घरमा बस्थे । सवारी साधन नभएकाले मान्छे मिल्ने खालका चार पाँचवटा बयल गाडा लिएर रासनसहित बुबा चुनावको प्रचारमा जानुहुन्थ्यो । हजुरमुमा पनि बुबासँगै जानुहुन्थ्यो रे, हरिकीर्तन गर्ने समूह लिएर ।

    त्यो बेला ठूला ठूला खलियान धान काट्ने ठाउँ हुन्थे । त्यहाँ गएर चुलो बनाएर खाना बनाएर खानुहुन्थ्यो । अनि सँगै लगेका भजनमण्डलीलाई भजनकीर्तन गर्न लगाउने र मादल घन्काउन लगाउने गर्नुहुन्थ्यो । यसो गर्दा एकैछिनमा नजिकका मानिसहरू जम्मा हुनेगर्थे ।

    भजन र मादलको तालले मान्छेहरूलाई तन्दथ्यो । धेरै मानिसहरू भेला भएपछि नेपाली काँग्रेसको बारेमा बताउन सुरु गर्नुहुन्थ्यो ।

    “नेपाली काँग्रेस भनेको जनताको पार्टी हो । चुनाव हुँदैछ । काँग्रेसले गरिबका लागि यस्तोउस्तो गरेका छन् । हामीलाई भोट दिनुहोला ।”

    यस्तै कुराहरू भन्नुहुन्थ्यो बुबाले । पूर्वतिर रुखलाई गाछी भन्थे । हाम्रोतिर वरगद भन्थे । काँग्रेसको कुरा भनिसकेपछि बुबा वरगद चिह्नमा छाप लगाउनु होला र हामीलाई बहुमतले जिताउनुहाला भनेर भोट माग्नुहुँदो रहेछ । हजुरमुमाले सुनाउनु भएको यो कहानी काल्पनिक भएजस्तो लाग्थ्यो ।

    नेपाली काँग्रेसलाई नेपालको एउटा शीर्ष पार्टी बनाउन बुबाजस्तै देशभरिका अनेकौँ बुबाहरू लाग्नुभएको थियो । त्यो समय बेग्लै थियो । मान्छेहरू सोझा थिए । लप्पन छपन थिएन । जेमा भन्यो त्यसैमा भोट हाल्थे । अरू पार्टी पनि आउँथे होलान् तर बुबामाथि जनताको विश्वास थियो र त बुबाले चुनाव जित्नु भयो ।
    (नेपाली काँग्रेसका सांसद एवं पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलको भर्खरै प्रकाशित बोनसको जिन्दगी पुस्तकबाट लिइएको अंश । )

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend