१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026
सिर्जनात्मक बर्ष बनाउन जोड

बागलुङ समाज पोखरामा सांसद पियारी थापाको शुभकामना


जनमञ्च संवाददाता
  • ३ बैशाख २०७९ , शनिबार

  • बागलुङ समाज पोखरामा सांसद पियारी थापाको शुभकामना

    पोखरा, ३ बैशाख – नयाँ बर्ष २०७९ को अवसरमा बागलुङ समाज पोखराले शुभकामना आदानप्रदान तथा क्यालेण्डर लोकार्पण कार्यक्रम समपन्न गरेको छ । सो कार्यक्रममा वोल्दै राष्ट्रिय जनमोर्चा गण्डकी संसदीय दलको नेता सांसद पियारी थापाले नयाँ बर्षलाई सिर्जनात्मक बनाउनुपर्नेमा जोड दिईन ।

    विदा गरेको बर्षमा राजनैतिक अस्थिरता र प्रतिगमन भएकाले यो बर्षलाई स्थिरता, सिर्जनात्मक र राजनैतिक मुक्तिको रुपमा अगाडि बढाउनुपर्ने वताउदै सांसद थापाले त्यसका लागि राजनैतिक रुपमा एकतावद्ध हुनुपर्ने वताईन । जनताको लागि जनताबाट चुनिएर काम गर्नुपर्ने वताउदै उनले आगामी स्थानीय तहको निर्वाचनमा हाम्रा होइन, राम्रालाई जनताको प्रतिनिधी बनाउनुपर्नेमा जोड दिईन ।

    उनले बागलुङ समाज पोखराले रचनात्मक र सिर्जनात्मक काम गरेर जिल्लावासीसंग जोडिएकोमा धन्यवाद दिदै आगामी दिनमा थप नयाँ काम गर्नुपर्ने दायित्व थपिएको वताईन । समाजका अध्यक्ष दिल्लीराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बागलुङ अन्तराष्ट्रिय समाजका उपाध्यक्ष वेलु थापाले संसारका जुनसुकै स्थानमा पनि बागलुङ समाजको भूमिका महत्वपूर्ण रहेको वताउदै सक्रिय जिल्लावासीले आफ्नो पहिचान बनाएको वताए ।

    कार्यक्रममा नयाँ बर्ष २०७९ क्यालेण्डरलाई सामुहिक रुपमा लोर्कापण गरिएको थियो । सो अवसरमा सहभागी सवैले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव नरेश सुवेदीले र स्वागत उपाध्यक्ष ठाकुर सापकोटाले गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend