पोखरा, १३ बैशाख – कार्तिक आर्यन स्टार चलचित्र ‘भूल भूलैया २’ को टेलर रिलिज भएको छ। सार्वजनिक टेलरमा कमेडी र हरर दृष्यलाई समावेश गरिएको छ।
चलचित्र ‘भूल भूलैया २’ मा कार्तिकका साथमा कियारा आडवाणी र तब्बुले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
चलचित्रलाई अनिष बज्मीले निर्देशन गरेका हुन्। भुषण कुमार र मुराद खेतानीले संयुक्त रुपमा निर्माण गरेको ‘भूल भूलैया २’ मे २० बाट प्रदर्शन हुँदैछ।