१५ साउन २०८३ , शुक्रबार

१५ साउन २०८३ , शुक्रबार
  • १५ साउन २०८३ , शुक्रबार
  • July 31 2026

जुवा खेलाइरहँदा भलिबल रेफ्रीसहित ९ पक्राउ


जनमञ्च संवाददाता
  • १५ बैशाख २०७९ , बिहिबार

  • जुवा खेलाइरहँदा भलिबल रेफ्रीसहित ९ पक्राउ

    पोखरा, १५ बैशाख – पोखरा महानगरपालिका २ अर्चलबोटमा जुवा तास खेलिरहेको अवस्थामा २ महिला सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    भलिबल खेलका रेफ्री रहेका रामबहादुर पुनको कोठामा तास खेलिरहेको उनीहरुको साथबाट एक लाख २४ हजार ७ सय ३० रुपैयाँ सहित चारबुक तास समेत बरामद गरिएको छ ।
    पक्राउपर्नेमा भलिबल रेफ्री रामबहादुर पुन, पर्वत घरभई अर्चलबोट बस्दै आएका ४८ वर्षका चक्र पुर्जा, रामबजारकी ३० वर्षिया स्वस्तिका पुन, लामाचौरका २९ वर्षका मनोज पुन, लामाचौरकै २५ वर्षका उमेश मगर, ४० वर्षका टेकबहादुर गर्बुजा, पोखरा ११ बस्ने ३२ वर्षिया दिपा पुन, पोखरा २५ हेम्जाकी ४१ वर्षका शिव प्रसाद सापकोटा र सराङकोटका ५१ वर्षका कृष्ण थापालाई प्रहरीले पक्राउ गरेको हो ।
    रामबहादुरको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । उनीहरु विरुद्ध सार्वजनिक हित,स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्धामा म्याद थप गरि अनुसन्धान भइरहेको तिवारीले बताए । जिल्ला प्रशासन कार्यालय कास्कीबाट ८ दिनको म्याद थप गरीएको उनले जानकारी दिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend