१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

वडिगाडमा अध्यक्ष र एमाले उम्मेदवारमाथि आक्रमण


जनमञ्च संवाददाता
  • २९ बैशाख २०७९ , बिहिबार

  • वडिगाडमा अध्यक्ष र एमाले उम्मेदवारमाथि आक्रमण

    बागलुङ, २९ बैशाख– बागलुङको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजा र नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार राजन कुमार पाईजामाथि आक्रमण भएको छ । बुधबार राती एमालेको कार्यालयमा सुतिरहेको समयमा पाईजासहित छ जना एमाले कार्यकर्तामाथि आक्रमण भएको हो ।
    नेपाली कांग्रेस वडिगाड गाउँपालिकाका उपसभापति अर्जुन कुमार पाईजासहित १५ जना युवाहरुको समुहले आक्रमण गर्दा मेहरसिंह पाईजा, राजनकुमार पाईजा, गणेश पाईजा, निमेश आचार्य, किरण सुनार र चन्द्र पाईजा घाईते भएको नेकपा एमाले वडिगाड गाउँ कमिटीका अध्यक्ष कमलराज आचार्यले बताए ।
    उम्मेदवार राजनकुमार पाईजामाथि खुकुरी प्रहार गर्दा उनको हातमा गम्भिर चोट लागेको छ । युवा संघका कार्यकर्ता चन्द्र पाईजाको हात भाँचिएको छभने गणेश पाईजाको शनिबारका बिभिन्न भागमा चोट रहेको आचार्यले बताए । चन्द्र र गणेशको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।
    घटनास्थलबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको जनाएको छ । ‘दुवै पक्ष झगडाका लागि लागेको भन्ने देखिन्छ, हामीले सोधपुछ र अनुसन्धानको काम गरिरहेका छौं’ प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले भने ‘चार वटा मोटरसाईकल पनि नियन्त्रणमा छन्, एक पक्षले घाईते भएको र अर्को पक्षले दुईजना कार्यकर्ता गायब गरेको भनेका छन् ।’
    निर्वाचनका लागि मौन अबधि सुरु भएपछि आफ्ना काम सकेर पार्टी कार्यालय पुगेका उम्मेदवार र कार्यकर्तामाथि आक्रमण भएको भन्दै एमालेले भत्र्सना गरेको छ । बडिगाड गाउँ कमिटीका अध्यक्ष आचार्यले बिहिबार एक प्रेस बिज्ञप्ती जारी गदै घटनाको बिषयमा छानविन र दोषीमाथि कारवाहीको माग गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend