१४ साउन २०८३ , बिहिबार

१४ साउन २०८३ , बिहिबार
  • १४ साउन २०८३ , बिहिबार
  • July 30 2026

मनाङका ३ स्थानीय तहमा मतगणना सुरु


जनमञ्च संवाददाता
  • ३० बैशाख २०७९ , शुक्रबार

  • मनाङका ३ स्थानीय तहमा मतगणना सुरु

    मनाङ, ३० बैशाख – जिल्लाका ३ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । नार्पाभूमिबाहेक ३ वटै गाउँपालिकामा मतगणना सुरु भएको हो ।

    सर्वदलीय बैठकपछि चामे, मनाङ ङिस्याङ र नासों गाउँपालिकामा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले मनाङका सबै स्थानीय तहको मतगणना राति नै हुने बताए ।

    जिल्ला निर्वाचन अधिकारी पुष्पराज खनालका अनुसार नार्पाभूमिका वडाको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा राति संकलन हुने र सर्वदलीय सहमति अनुसार अघि बढ्ने भएको छ । मनाङमा ६२. ६० प्रतिशत मत खसेको छ । कूल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ६७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङमा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशतमात्रै मत खसेको छ । नासों गाउँपालिकामा १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत अर्थात ८३.०१ प्रतिशत मत खसेको छ ।

    चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकोमा ६ सय १० मत अर्थात् ८५.७९ प्रतिशत मत खसेको छ । नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात ६७.८५ प्रतिशत मत खसेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend