११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको ध्यानाकर्षण


जनमञ्च संवाददाता
  • ८ जेष्ठ २०७९ , आइतबार

  • पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रधानमन्त्रीलाई मुख्यमन्त्रीको ध्यानाकर्षण

    पोखरा, ८ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुढीगण्डकी जलविद्युत् आयोजनाको काम अगाडि बढाउनेदेखि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेलगायतका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार भएको भेटमा मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण-पत्र बुझाएका हुन् ।

    कम लागतमा उच्च प्रतिफल दिने उत्तरगंगा जलासययुक्त जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन र प्रदेश सरकारको समेत लगानी साझेदारी हुने गरी संघीय सरकारको आउँदो वर्षको बजेटबाट कार्यान्वयनमा लैजान मुख्यमन्त्रीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न, फेवातालको संरक्षण र विकासको लागि तयार गरिएको  फेवाताल संरक्षण र विकास गुरुयोजना कार्यान्वयनको आवश्यक बजेटको व्यवस्था गरिदिन, गण्डकी  र लुम्बिनी प्रदेशको धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्धन गर्न दुवै प्रदेशको समन्वय र लगानीमा तथा संघ सरकारको साझेदारीमा मुक्तिनाथदेखि गौतम बुद्धको जन्मस्थल लुम्बिनीसम्म जोड्ने मुक्तिमार्ग निर्माण, पोखरा र काठमाडाैं जोड्ने द्रुतमार्गका साथै वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्ग कालोपत्रे गर्न, गोरखाको आरुघाटदेखि चुमनुब्री हुँदै उत्तरी नाका लार्केसम्म मोटरबाटो निर्माण, गण्डकीको तनहुँ र नवलपुरसँगै बागमतीको चितवन जोड्ने गरी त्रिकोणात्मक मोटरेबल पुल निर्माण, कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत सगै बहुपक्षीय विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्न मुख्यमन्त्रीे प्रधानमन्त्रीको ध्यानार्षण गराएका छन् ।

    गोरखकाली रबर उद्योग र भृकुटी कागज कारखानालाई पुनः सञ्चालन, राष्ट्रिय तथा प्रदेश गौरवका आयोजना निर्वाध रूपमा सञ्चालन हुने वातावरण सुनिश्चित गर्न आवश्यक कानुन तथा मापदण्ड निर्माण, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनेलगायतका योजना आगामी वर्षको बजेटमा समेट्न पत्रमा माग गरिएको छ ।
    ध्यानाकर्षण-पत्र बुझ्दै प्रधानमन्त्री देउवाले गण्डकीबाट आएका योजनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेश र स्थानीय तहको समृद्धि नै समग्र मुलुकको समृद्धि रहेकोमा जोड दिएका थिए ।

    ध्यानाकर्षण-पत्र राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पठाउने र सकेसम्म सबै योजना बजेटमा समेट्ने आश्वासन प्रधानमन्त्रीले दिएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । भेटमा मुख्यमन्त्रीसँगै प्रदेशका कानुन सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापा पनि सहभागी थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend