१३ साउन २०८३ , बुधबार

१३ साउन २०८३ , बुधबार
  • १३ साउन २०८३ , बुधबार
  • July 29 2026

पोखरामा बाकसभित्र भोट हरायो, पुनः मतगणना गर्न एमालेको माग


जनमञ्च संवाददाता
  • १० जेष्ठ २०७९ , मंगलबार

  • पोखरामा बाकसभित्र भोट हरायो, पुनः मतगणना गर्न एमालेको माग

    पोखरा, १० जेठ – पोखरा महानगरपालिकाको दुईवटा वडाको मतगणनामा धाँधली भएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । एमाले महानगरका अध्यक्ष दिलीप न्यौपानेले मतगणनामा धाँधली भएको आरोप लगाउँदै आफूहरुले पुनः मतगणनाका लागि निर्वाचन कार्यालमा निवेदन दिएको बताए । उनले वडा नम्बर १८ को ९ भोट र ३१ को ३ भोट बाकसबाटै हराएको बताए ।

    ‘मतगणनाको क्रममा बाकसभित्र हुनुपर्ने संख्यामा मतपत्र भएन । हामीलाई गम्भीर आशंका के भयो भने वडा नम्बर १८ को ९ वटा मतचाहिँ मतगणनाका क्रममा तलमाथि भयो ।’ निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतगणनाको निवेदन दिएपछि उनले पत्रकारसंग भने, ‘त्यसकारण पनि मतगणना हुनुपर्छ भन्ने हाम्रो दाबी हो । यो वडा नम्बर १८ र ३१ को कुरा हो ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend