१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026
आर्थिक बर्ष ०७९/८० को बजेट

यस्तो छ आव ०७९/८० को बजेटको पूर्णपाठ


जनमञ्च संवाददाता
  • १५ जेष्ठ २०७९ , आइतबार

  • यस्तो छ आव ०७९/८० को बजेटको पूर्णपाठ

    काठमाडौं, १५ जेठ – सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट सार्वजनिक गरेको छ।

    सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट सार्वजनिक गरेको छ।

    अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका हुन्।

    यसअनुसार कुल विनियोजनमध्ये चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१।२ प्रतिशत रहेको छ।

    वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२।८ प्रतिशत र प्रदेश तथा स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत रहेको छ।

    आगामी आवका लागि अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड र वैदेशिक अनुदानबाट ५५ अर्ब ४६ करोड व्यहोर्दा ४ खर्ब ९८ अर्ब २६ करोड न्यून हुने अर्थमन्त्री शर्माले बताए।

    ‘सो न्यूनपूर्ति गर्न वैदेशिक ऋणबाट २ खर्ब ४२ अर्ब २६ करोड जुटाइनेछ। राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहोरिनेछ’, उनले भने।

    चालू आर्थिक वर्षको लागि १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन गरेको थियो।

    संघले खर्च गर्ने चालूतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड अर्थात् ४१५२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड अर्थात २३।१६ प्रतिशत, वित्तीय व्यवस्था तर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११।६० प्रतिशत विनियोजन गरेको थियो।

    प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३।७२ प्रतिशत रहेको छ।

    वित्तीय हस्तान्तरणतर्फ विनियोजित बजेट मध्ये चालू खर्चमा समानीकरण अनुदानसहित ३ खर्ब २५ अर्ब ७५ करोड अर्थात ८४।११ प्रतिशत र पुँजीगत तर्फ ६१ अर्ब ५५ करोड अर्थात १५।८९ प्रतिशत रहको छ।

    गत वर्ष विनियोजन भएको खर्च व्यहोर्ने राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड र वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड व्यवस्थापन गर्ने उल्लेख गरेको थियो।

    त्यसबाहेक वैदेशिक ऋणबाट २ खर्ब ८३ अर्ब ९ करोड र आन्तरिक ऋणबाट २ खर्ब ३९ अर्ब व्यहोरिने गरी बजेट विनियोजन गरिएको थियो।

    तर अर्थमन्त्री जनार्दन शर्माले बजेट पूर्ण खर्च नहुने भन्दै अर्धवार्षिक समीक्षामा आकार घटाएका थिए। उनले १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाखको आफैँले ल्याएको बजेट घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड ५३ लाख खर्च हुने संशोधित अनुमान गरेका थिए। जुन कुल विनियोजनको ९४।७ प्रतिशत रहेको छ।

    यस्तो छ पूर्णपाठ :

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend