पोखरा, १५ जेठ सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्य आजलाई स्थगित गरिएको छ । नेपाली सेनाले प्रतिकुल मौसम र अन्धकारका कारण आइतबारलाई खोजी कार्य रोकिएको जनाएको छ । सैनिक प्रवक्ता नारायण सिलवालले भने, ‘भोलि बिहानैबाट फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुनेछ ।’ अहिले सेनाको हवाई उद्दार टोली जोमसोममा फर्किएको छ ।