पोखरा, २४ जेठ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश प्रमुख गुरुङले जानकारी गराए । त्यस्तै उद्योग, कलकारखाना स्थापना र सञ्चालनलाई पनि जोड दिइएको छ ।
नि:शुल्क रगत, महिलाको पाठेघरको मुखको नि:शुल्क शल्यरक्रिया, कोभिडमा अभिभावक गुमाएका बालबालिकालाई मासिक भत्ता, निर्माणाधीन अवस्थाका विकासे योजना, प्रदेश गौरवका आयोजनालाई पनि नीति, कार्यक्रममा प्राथमिकता दिइएको छ । केही पुराना कार्यक्रमलाई नै निरन्तरता दिइएको छ ।
संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो । प्रदेश सरकारले पाँचौंपटक नीति तथा कार्यक्रम ल्याउन लागेको भए पनि एमाले विभाजनपछि सत्तारुढ गठबन्धनको नेतृत्वमा बनेको सरकारले पहिलो पटक सदनमा नीति तथा कार्यक्रम पेस गरेको हो ।
नीति तथा कार्यक्रमको पूर्णपाठ: