पोखरा, २६ मंसिर – गण्डकी प्रदेशका निवर्तमान मुख्यममन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रचार विभागको प्रमुख चयन भएका छन् । एमालेको काठमाडौंमा जारी बैठकले गुरुङलाई प्रवक्ता चयन गरेको हो ।
एमाले सचिव, संगठन विभाग प्रमुख भएर काम गरिसकेका गुरुङ प्रचार विभागमा आएसँगै उनी अध्यक्ष ओलीको खास व्यक्तिमा दरिएका छन् ।
यसअघिका प्रचार विभाग प्रमुख योगेशको ठाउँ लिँदै गर्दा गुरुङमाथि अब अध्यक्ष ओलीका अभिव्यक्तिहरुको रक्षा तथा पार्टीको सार्वजनिक छवि सुधार्ने जिम्मेवारी थपिएको छ ।
संघीयताका कट्टर हिमायती गुरुङ कतिपय सवालमा ओलीको पनि आलोचक थिए ।